सिन्धुली पुस २१ गते ।
सिन्धुलीका केही ठाउँहरुमा शीतलहरले जुनार विक्रीमा समस्या परेको छ । प्रमुख नगदे बालीको रुपमा मानिएको जुनार बेच्ने समयमा शीतलहर परेपछि व्यापारीहरु आफ्नो जुनार बगैंचामा आउन छाडेको बासेश्वर गाविस नाकाजोलीका जुनार किसान अर्जुन कोइरालाले बताउनुभयो । चिसो अत्यधिक बढेका कारण अहिले सिन्धुलीको जलकन्या, रतनचुरा र बासेस्वर गाविसका केही जुनार मात्र विक्री भएको र अन्य गविसमा भने जुनार विक्री हुन नसकेको हो । सिन्धुली जिल्लाको ५३ वटा गाविस मभ्ये ४५ वटा गाविसमा जुनार खेति गर्ने गरिन्छ । जसमा ५ सय जना कृषकहरुले व्यावसायिक रुपमै जुनार खेति गर्ने गरेको जुनार विकास संघले जनाएको छ ।