काठमाडौ, पौष ३० -चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको चार घण्टे नेपाल भ्रमणको क्रममा पूर्वाधार विकास र सहुलियतपूर्ण ऋण सहितका विभिन्न आठ वटा सम्झौताहरुमा हस्ताक्षर भएको छ ।
चिनले नेपाललाई वर्षेनी दिने अनुदान सहयोगलाई दोब्बर गर्ने, प्रहरी र शसस्त्र प्रहरीको क्षमत अभिबृद्धि, पश्चिम सेति र विमानस्थल सुधारमा सहयोग सम्झौतामा हस्ताक्षर भएको बताईएको छ । अहिले नेपालका प्रधानमन्त्रीले सिहदरवारमै दिएको दिवाभोजमा चिनियाँ प्रधानमन्त्री बेन जियावाओ सहितको टोली सहभागी छ ।
यसैवीच नेपालको चार घण्ट भ्रमणमा आएका चिनियाँ प्रधानमन्त्री बेन जियाबाओ र प्रधानमन्त्री डा बाबुराम भट्टराईवीच सिहदरवारमा वन टु वन कुराकानी भएपछि द्धिपक्षीय छलफल भएको थियो । यसअघी उहाँहरुवीच नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण, प्रक्रिया, तिब्बती शरणार्थीहरुको गतिविधि, नेपालको राजनीतिक अवस्था र दुई मुलुकवीच हुने आर्थिक लगानी र सहयोगका विषयमा छलफल भएको बताईएको थियो । प्रधानमन्त्री बाओ विदेशमन्त्री, अर्थमन्त्री, बाणिज्य मन्त्री र उर्जामन्त्रीसहित १३ जना मन्त्री रहेको टोली लिएर नेपाल भ्रमणमा आउनु भएको हो । साभार: एनएम खबर