विकास पाण्डे,
देबघाट,तनहुं माघ ७ गते ।
तनहुंको देबघाटमा आज शनिबार १ दिने निशुल्क आंखा शिबिर सम्पन्न भएको छ ।तिलगंगा आंखा अस्पताल, सुचनाको हक सम्वन्धी संन्जाल काठमाडौंको आयोजनामा गलेश्वर आश्रम देबघाटद्धारा संञ्चालित देबघाट धर्मार्थ अस्पताल देबघाटमा आज निशुल्क आखा शिबिर सम्पन्न भएको हो ।
शिबिर बिहान ९ बजे बाट दिउसो १ बजे सम्म भएको थियो । उक्त शिबिरमा करिब २०० जना को नेत्र परिक्षण गरिएकोमा २७ जना विरामिको मोतियाविन्दुको अप्रेशन गर्नुपर्ने देखिएको छ । आदर्श उच्च मा वि दिब्यनगर चितवनमा भोलि २७ जना विरामिको मोतियाविन्दुको अप्रेशन हुने भएको छ ।
सुचनाको हक सम्वन्धी राष्ट्रिय संन्जालका अध्यक्ष डा राम कृष्ण तिम्ल्सेना ले जानकारि गराए अनुसार चितवनको संस्थाका प्रमुख शारदा पौडेल र सदस्य गण शेखर शर्माले उक्त कार्यक्रमलाई सक्रियता साथ संञ्चालन गर्नुभएको थियो । तिलगंगा आंखा अस्पतालका २ जना चिकित्सक सहितको टोलिले उक्त कार्यक्रममा नेत्र परिक्षण गरेका थिए ।