दोहा पुस १८ गते ।
गत डिसेम्बर ३० — २०११ तारिकका दिन नेपाल प्रवासी मगर संघ दोहा कतारको केन्द्रिय समितीको नवौं अधिवेशन आठौं कार्यसमितीका अध्यक्ष श्री देव ब. रानामगरज्युको सभापतीत्वमा तथा महासचिव शरण थापामगर र सचिव भिम तरामुमगरको संयुक्त सञ्चालनमा दोहाको टप फर्म रेष्टूरेन्टमा करिब २५० जनाको सहभागीतामा सम्पन्न भएको छ ।
नेपाल प्रवासी आदिवासी जनजाती महासंघ दोहा कतारका अध्यक्ष श्री मान ब. सावाँ लिम्बुज्यूको प्रमुख आतिथ्य तथा महासंघकै प्रमुख सल्लाहकार अमृत गुरुङज्यू र नेपाल प्रवासी मगर संघ दोहा कतारका प्रमुख सल्लाहकार छत्र ब. घलेमगरज्यूको बिशेष आतिथ्य र अतिथीहरुमा तमु बैद्ध सेवा समाजका अध्यक्ष जगन तमु, किराँत राई यायोक्खाका सचिब धिरज राई, किराँत याक्थुङ चुम्लुङका का. बा. अध्यक्ष ज्ञानेन्द्र पन्दाक, नेपाल प्रवासी तामाङ समाजका सचिव शुशिल तामाङ, थारु कल्याणकारिणी सभाका सभापती बिद्यानन्द चौधरी, नेवाः पुचका अध्यक्ष राधेश्याम महर्जन, नेपाल प्रवासी सुनूवार सेवा समाजका अध्यक्ष राम ब. सुनूवार, याक्थुङ समाज डट् कमका श्रवण योङ्गहाङ, नेपाल प्रवासी मगर संघका संस्थापक महासचिव दिलीप रानामगर, संस्थापक तथा सल्लाहकार सदस्य नारायण रानामगर, पूर्व अध्यक्ष अर्जुन थापामगर, सल्लाहकार सदस्यज्युहरु तिलक घर्तीमगर, जनक थापामगर, र डि. एन. पाङमीमगर, साहनिया एरिया समितीका अध्यक्ष हुम ब. मगर, दोहा एरिया समितीका अध्यक्ष केशर लुंगेलीमगर, सनैया ब् एरिया समितीका बिर ब. मगर, रियान एरिया समितीका कोषाध्यक्ष खिम राकसमगर, सनैयाद्य का बिर ब. मगर, अतिथीज्यूहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको औपचारिकता सँगै शुरु भएको उक्त कार्यक्रममा उपस्थितीहरुलाई संघका उपाध्यक्ष प्रकाश आलेमगरज्यूले मन्तव्यद्धारा स्वागत गर्नुभएको थियो भने महासंघका मातृ संस्थाका प्रतिनीधिज्यूहरुले शुभकामना मन्तव्य दिनुभएको थियो । साथै उक्त कार्यक्रममा संघको अधिवेशन सफलताको लागी नेपाली मगर संघ यू. ए. ई., वल्र्ड मगर फेडेरेशन बेल्जियम, नेपाल मगर बिद्यार्थी संघ केन्द्रिय समिती, र नेपाल मगर संघ केन्द्रिय समितीद्धारा आएको शुभकामना पत्र वाचन गर्नुका साथै विभिन्न कार्यक्रममा सहयोग गर्नुहुने स्वयंसेवकज्यूहरुलाई, खेलाडीज्यूहरुलाई, र कलाकारज्यूहरुलाई प्रशंसा पत्र र संस्थापक महासचिव तथा पूर्व अध्यक्ष दिलीप रानामगरज्यू, संस्थापक सदस्यज्युहरु लोकेश थापामगर, तिल ब. पुनमगर, र खिर ब. ल्हायोमगरज्यूहरुलाई सम्मान पत्र प्रमुख अतिथीज्युद्धारा प्रदान गरेको थियो ।
त्यसपछी विशिष्ट अतिथीज्यूहरु र प्रमुख अतिथीज्यूहरुद्धारा शुभकामना मन्तव्य दिनुभएपछी सभापतीज्युद्धारा धन्यवाद सहित कार्यक्रमकको र आठौं कार्यसमिती अन्त्य भएको घोषणा गर्नुभएको थियो ।
त्यसपछीको बन्दशत्र कार्यक्रममा दोहा एरिया समीतीका कोषाध्यक्ष केशव रानामगरज्युले र सनैया ब् का पुर्व कोषध्यक्ष खिम ब. रानामगरज्यूले आ–आफ्नो एरिया समितीको सांगठनीक र आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । त्यसपछी केन्द्रिय समितीका कोषाध्यक्ष गिरी काउछामगरज्युले आर्थिक र महासचिव शरण थापामगरज्युले सांगठनीक प्रतिवेदन पेश गर्नुभई अधिवेशन हलद्धारा पारीत गरी अनुमोदन गरेको थियो ।
त्यसपछी देव ब. रानामगरको संयोजक र सदस्यहरु जनक थापामगर र नारायण रानामगर रहेको निर्वाचन समितीले श्री भिम तरामुमगर(गुल्मी)को अध्यक्षतामा १९ सदस्यीय कार्यसमिती चयन गरीएको थियो । उक्त समितीमा प्रथम उपाध्यक्षमा महेन्द्र थापामगर(चितवन), द्धितीय उपाध्यक्षमा शेर ब.रोकामगर(रुपन्देही), महासचिवमा शरण थापामगर(मोरङ), सचिवमा राम ब. पुनमगर(म्याग्दी), कोषाध्यक्षमा लिलम चिढीमगर(रुपन्देही), सह कोषाध्यक्षमा रमेश आलेमगर(उदयपूर), र सदस्यहरुमा कृष्ण रानामगर(पाल्पा), केशव घर्तीमगर(बाग्लुङ), महिला सदस्य खगी पुनमगर(बाग्लुङ), राम ब. आलेमगर(सङखुवासभा), फुल ब. ढोंडेलीमगर(धनकुटा), खिम ब. रानामगर(तनहँु), सुर्य ब. मगर(स्याङजा), ढाल सिंह मगर(रामेछाप), भुपेन्द्र रिखाम मगर(उदयपुर), भोज ब. सारुमगर(प्युठान), सदस्य रमेश कनौजे मगर(पाल्पा), एक जना महिला सदस्य रिक्त रहेको कार्यसमिती गठन गरेको थियो ।
त्यसपछी अन्तमा निर्वाचन समितीका संयोजकद्धारा सपथ ग्रहण गराईसकेपछी नव निर्वाचित अध्यक्षज्युद्धारा आफ्नो भनाई राख्नुभएपछी कार्यक्रमको अन्त्य भएको थियो ।