Responsive Ad Slot

latest

सडक फराकिलो बनाउने कार्य आजबाट सुरु I

Friday, January 6

/ by Admin BHOLA THAPA

काठमाण्डौ , पुस २२ गते ।
सरकारले तीनकुने बानेश्बर दायां बायांको सडक फराकिलो बनाउने काम पुन आजबाट सुरु गर्ने भएको छ ।
काठमाण्डौ उपत्यका नगर बिकास योजना कार्यान्बयन समिति , ट्राफिक प्रहरी , महानगरपालिका र सडक बिभागको हिजो बसेको बैठकले आजबाट काम पुन सुरु गर्ने निर्णय गरेको हो । सर्बोच्च अदातलले फराकीलो पार्ने काम रोक्न नमिल्ने निर्णय गरेपछि सरकारले बिस्तार कार्य सुरु गर्न लागेको हो ।

सडक बिस्तारले आफुहरु मर्कामा परेको भन्दै जग्गा धनि र घरधनिहरुले दिएको निबेदनमा फराकिलो पार्ने काम रोक्नु नपर्ने आदेश सर्बोच्चले दिएको छ । बानेश्बर क्षेत्रमा सडक मिचेर बनाईएका घरहरु सरकारले भत्काउन थालेपछि स्थानिय २१ जनाले सर्बोच्चमा रिट दायर गरेका थिए । सरकारले अरनिको राजमार्गमा पर्ने बानेश्बर माइतीघर खण्डको दुबैतिर २५ मिटर परसम्मका जग्गामा बनेका संरचना भत्काउने काम गत महिनाबाट सुरु भएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI