संसद बैठक जा।री ,संबिधान लेखनको कार्यतालीका परिबर्तनका लागी संबिधानसभाको बैठक पनि आजै बस्दै ।
काठमाडौ पुस २२ गते ।
ब्यबस्थापिका संसदको बैठक बसिरहेको छ । संबिधानसभा भबन नयाँ बानेश्वरमा जारी बैठकमा सभासदहरुले आ–आफ्ना धारणा राखिरेका छन् । बैठकमा निजामति ऐन लगाएतका विभिन्न विद्ययकहरुमाथि छलफल गर्ने कार्यसुची रहेको छ । त्यस्तै संबिधानसभाको बैठक पनि बोलाउने कार्यसुचि रहेको छ ।
ब्यबस्थापिका संसदको बैठक लगतै संबिधानसभाको बैठक पनि बस्दैछ । बैठकले कार्यतालिका परिबर्तन संम्वन्धी प्रस्ताव पारित गर्ने संसद सचिवालयले जनाएको छ अन्तीम पटकका लागी भन्दै थपिएको संविधान सभाको ६ महिने कार्यकालमा संविधान बनाउन दलहरुले आफै बनाएको कार्यतालिका आज परिबर्तन गर्दैछन । संविधान जारी गर्ने अन्तीम म्याद जेठ १४ लाई परिबर्तन नगेर्ने गरी दलहरुले आज कार्यतालिका परिबर्तन गर्ने भएका हुन ।
यसअघि प्रमुख दलहरुको शिफारिसमा संवैधानिक समितिले विवादित विषयलाई आगामी माघ १५ सम्ममा कार्यतालिका परिबर्तन गर्ने निर्णय गरेको थियो ।
माओवादी बैठक
काठमाडौं, २२ पुस ।
दुई सातादेखि राजधानीमा जारी एकीकृत नेकपा माओवादीको केन्द्रिय समिती बैठमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सकिएको छ । पार्टी मुख्यालयमा बसेको बैठकमा आज हिजो बोल्न बाकी सदस्यहरुले आफ्ना धारणा राखे पछि पर्सि बिहान ११ बजे पुन बस्ने गरि स्थगीत भएको छ । पर्सि बस्ने बैठकमा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष मोहन बैद्यले प्रस्ताबमाथि उठेका प्रश्नहरुको जबाफ दिने कार्यक्रम रहेको छ । प्रचण्डले सबैको धारणालाई मध्यनजर गर्दै संश्लेषणसहितको दस्तावेज ल्याउने तयारी गनुृभएको स्रोतको दाबी छ ।
बैठकमा प्रचण्डले शान्ति र संबिधान तथा बैद्यले जनबिद्रोहको कार्यदिशा सहितको छुट्टाछुटै प्रस्ताव पेश गर्नुभएको थियो ।
नँया नेपाल निर्माणमा छलफल सुरु
काठमाडौ २२ पुस गते ।
राष्ट्रिय योजना आयोगले नयाँ नेपाल निर्माणका बुँदा र कार्यक्रमका सम्बन्धमा छलफल सुरु गरेको छ । सिंहदरवारस्थित राष्ट्रिय योजना आयोगको कार्यलयमा भएको छलफलमा माओवादीका केन्द्रीय सदस्य कृष्ण केसले नया नेपाल निर्माणका लागी सात बुँदे प्रस्ताव पेस गर्नु भएको छ ।
केसीले प्रस्तुत गर्नुभएको प्रस्तावहरुमा लुुुम्विनी विकास, नयाँ नेपाल निर्माण काउन्सिल्ल गठन लुम्विनीमा मन्त्रिपरिषद् बैठक बसेर बिशेष शान्ति प्रस्ताव पारित गर्ने लगायत रहेका छन् । छलफलमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले पुँजीको उचित व्यवस्थापन गर्न नसक्दा नेपालको विकास हुन नसकेको उल्लेख गनुृभयो । आयोगले नयाँ नेपाल निर्माण दशकका सम्बन्धमा आयोगले छलफल सुरु गरेको हो ।
कुटपिटवाट एक ब्यक्तिको मृत्यु
पाँचथर २२पुस गते ।
पाँचथरको सिदिन ४ मा स्थानिय एक समूहको कुटपिटवाट एक ब्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानिय सुरेन्द्र चाम्लिङ राई रहेका छन् । स्थानिय राजकुमार राई सिद्धिकरण राई, धिरज राई, र गौधन राईले मरणासन्न कुटपिट गरेपछि सुरेन्द्र राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिटमा संलग्न चारै जना, र सिद्धीकरण राईकी श्रीमतीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
यसैविच , दाङमा करेन्ट लागेर गम्भीर घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा लालमटिया गाविस– ३ पाखापानीका ६१ वर्षीय टेकप्रसाद बञ्जाडे रहेका छन् । घाँस काट्न रूखमा चढेका बञ्जाडेको विद्युत् लाइन छुन पुग्दा करेन्ट लागेको प्रहरीले जनाएको छ ।
प्रहरीद्धारा १७ जना प्रक्राउ
रुकुम , २२ पुस गते ।
मंगोल नेशनल अर्गनाइजेशनसंग आवद्ध १७ जनालाई रुकुम प्रहरीले पक्राउ गरेको छ । रुकुम सदरमुकाम खलंगा बजारको एक होटेल बाट उनीहरुलाई गए राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।
होटेलमा कार्यक्रम गर्न लागेका उनीहरुलाई पक्राउ गरि अनुसन्धान थालीएको रुकुमका प्रहरी प्रमुख किसनसिङ थापाले जानकारी दिनुभया । केही समय अघि पनि सोही संगठनमा आवद्ध रहेको बताउने तीन जना युवालाई प्रहरीले पक्राउ गरि छाडेको थियो । उनीहरुको साथ बाट लाखौं मुल्य बरावरका बन्दोबस्तीका सामाग्री पनि बरामद गरिएको थियो ।
मुटुको भल्भ फेर्न पीडित यूवतीद्धारा सहयोगको याचना
काडमाडौं २२ पुस गते ।
मुटु रोगी सरिता खड्गीले आप्mनो मुटुको दुवै भल्भ विक्रिएर जीवन मरणको दोसाधमा भएको भन्दै मुटुको भल्भ फेर्नका लागि आम जनसमुदायसँग सहयोगको याचना गरेकी छन् ।
ओखलढुंगा गामलाङटार गाविस ९ स्थायी घर भई हाल सामाखुसी रानीबारीमा बस्दै आएकी सरीताले विगत ३ वर्षदेखि मुटुको उपचार गर्दै आएकोमा निको नभई फेर्नु नै पर्ने डाक्टरको सल्लाहअनुसार मुटुको भल्भ फेर्न आर्थिक सहयोगको याचना गरेकी हुन् ।
३५ वर्षीया सरिताले भनिन् एउटा भल्भ सुकीसकेको र अर्को प्वाल परेको हुनाले फेर्नु बाहेक दोस्रो विकल्प नरहेको डाक्टर बताएपछि मुटुको भल्भ फेर्नका लागि मुटुमा थोरै हरि राखेर सहयोग गरी मलाई बचाउन अनुरोध गर्दछु ।
उनले मुटुको भल्भ फेर्न २ लाख ५० हजार लाग्ने र आप्mनो आर्थिक स्थिति दयनीय भएकाले मेरो नाममा कुमारी बैकमा खोलिएको खाता नं. १००८५२४२२५८९६०१६ मा सहयोग रकम जम्मा गरिदिनुहुन या मोवाईल नम्बर ९८४१०१५४५२ सम्पर्क गरी सहयोग गर्न अनुरोध समेत गरिन ।
स्वास्थ्य अधिकार तथा सुर्तीजन्य वस्तु नियन्त्रण जिल्ला संजालहरुको क्षेत्रीय गोष्ठि नेपालगन्जमा सम्पन्न
नेपालगन्ज पुस २२ गते ।
स्वास्थ्य अधिकार तथा सुर्तीजन्य वस्तु नियन्त्रण जिल्ला संजालहरुको क्षेत्रीय गोष्ठि नेपालगन्जमा सम्पन्न भएको छ । प्राथमिक स्वास्थ्य सेवा श्रोत केन्द्र(रेस्पेक) र स्वास्थ्य अधिकार तथा सुर्तीजन्य वस्तु नियन्त्रण संजालको आयोजनामा भएको कार्यक्रममा सुर्तीजन्य वस्तु नियन्त्रण विधेयक तथा नियमन ऐनको कार्यान्वयनको अवस्थाको बारेमा छलफल भएको थियो । छलफलपछि गोष्ठिमा सहभागीहरुले ३ बुँदे निर्णयसमेत गरेको छ ।
गोष्ठिमा बाँके, बर्दिया, दांग, जाजरकोट, सुर्खेत, दैलेख, कालिकोट र जुम्लाका गरि २० जनाको सहभागिता रहेको थियो ।