Responsive Ad Slot

latest

कुवेतमा मुन्द्रै खोलेर कलाकारको स्वागत,भोली जिलिवमा साँस्कृतिक महासङग्राम I

Thursday, January 5

/ by Admin BHOLA THAPA

राजन रिमाल कुवेत, 
कल्चरल च्यारिटी शो मा सहभागीताको लागि अतिथी कलाकारको रुपमा नेपालदेखी ४ जना लोकप्रिय कलाकारहरुको जम्बो टोली एअर अरेबियाको उडान बाट आज बिहान  कुवेत आईपुगेका छन । उहाँहरुको स्वागतका लागी  यहाँ स्थित नेपाली संघ सँस्थाका प्रतिनिधिको वाक्लो उपस्थिति  रयो ।
     एयरपोर्ट देखिनै स्वरुपराजका फ्यानहरुले म हजुरको फ्यान भन्दै कानेखुशि गर्दै फोटो खिच्दै थिए अर्का फ्यान तनहुँ सम्पर्क समाज कुवेतका अध्यक्ष तथा माउण्ट एभरेष्ट स्पोटिङ क्लवका वरिष्ट सल्लाहकार यादव श्रेष्ठले भने आफ्ना कानका एक जोडी टप नै खोलेर स्वरुपराज र रामचन्द्र काफ्लेलाई मायाको चिनो नै दिए यसले गित संगित प्रतिको मोह अगाध माया देखाउछ । नेपाली सकिराका नाम ले ब्यापक प्रचारमा आईकि ईन्दिरा फेनहरुको कुरै गरि साध्य छैन ।   कलाकारको जम्वो टिम जनवरी ८ तारिख नै नेपाल फिरनेछ  त्यहाँ सम्म कति फ्यान भेटिने हुन त्यो त हेर्न बाँकी छ । .  
माउण्ट एभरेष्ट स्पोटिङ क्लव काठमाण्डौ कुवेतको आयोजनामा दोश्रो प्रवासी दक्षिण एशियाली फुटबल च्याम्पियनशिप (E-SAF-C) को सहयोगार्थ कुवेतको जिलिबस्थित इन्टेग्रेटेड इण्डियन स्कुलको प्रांगणमा आयोजना गर्न गैईरहेको “माउण्ट एभरेष्ट कल्चरल च्यारिटी शो मा सहभागीताको लागि अतिथी कलाकारको रुपमा नेपालदेखी ४ जना लोकप्रिय कलाकारहरुको जम्बो टोली एअर अरेबियाको उडान बाट आज बिहान  कुवेत आईपुगेका छन । उहाँहरुको स्वागतका लागी कुवेत बाट यहाँ स्थित नेपाली संघ सँस्थाका प्रतिनिधिको वाक्लो उपस्थिति थियो । नेपाली साकीरा भनेर चिनेने ईन्दिरा जोशी र दिपा राई भने हिजो नै कुवेत आई पुगेका हुन भने आज चर्चित कलाकारहरु स्वरुपराज आचार्य र रामचन्द्र काफ्ले आई पुगेका छन । यता क्लवले पनि सम्पुर्ण रुपमा भोलीको कार्यक्रमको लागी तयारी सकिएको जनाएको छ ।  आज सम्म कुवेतमा थुप्रै कार्यक्रम भए तर यो पटक को कार्यक्रम निकै व्यवस्थित र भव्य हुने बुझिएको छ  किन की शुरुमा नै ५०० कुपन वुक भै सकेका र भोलीको दिनमा पनि कम्तिमा ५०० कुपन जान्छ भन्दै एक जना आयोजक मध्यकै सदस्यले भने यदि यस्तै हो भने कुवेतको जिलिव भोलि नेपालीमय हुन्छ यसमा कसैको दुविधा छैन ।
         आयोजकका तर्फ बाट अध्यक्ष धर्मराज गिरिका अनुसार कार्यक्रम स्थलमा मधपान,धुम्रपान र अन्य पानीका वोतलहरु समेत सुरक्षाको हिसाव बाट भित्र लैजान नपाउने कुराको जानकारी गराउनु भएको छ । दर्शकहरुको सुविधाको ख्याल गरि आयोजकले नै दर्शकहरुलाई पानिको निशुल्क व्यवस्था गरेको कुरा पनि फोन मार्फत जानकारी गराउनु भयो ।  नेपालका चारै जना चर्चित कलाकारको गित संगितको कार्यक्रमको मजा लिनका लागी धेरैले छुट्टि मिलाएको कुरा हामीलाई जानकारीमा आएको छ ।पप आधुनिक गायिका इन्दिरा जोशि , प्रेम बिछोड र बियोगका आधुनिक गायक  स्वरुपराज आचार्य लोक आधुनिक गायक राम चन्द्र काफ्ले लोक गायिका दीपा राईले एउटै स्टेज बाट प्रस्तुत गर्ने लोक आधुनिक पप र नृत्यको   संगममा स्थानिय कलाकारको जोडदार नृत्यले यसलाई पक्कै पनि संङेतिक महामेला भन्न मिल्छ । महामेलामा नेपाल देखि आउने कलाकार रामचन्द्र काफ्ले र ईन्दिरा जोशिले आफु एक्लै नआईकन कुवेत वस्ने आफ्ना फ्यानहरुलाई कोसेली स्वरुप आफ्ना एलबमहरु पनि ल्याएको जनाएका छन रामचन्द्र काफ्लेको माधुरिमा र ईन्दिरकाको पप एलवम आयोजकले कार्यक्रम हल भित्रै उपल्वध गराउने कुरा पनि आयोजक मध्यकी महिला सदस्यले वताईन ।
Don't Miss
© all rights reserved
made with by netKUTI