जनमत संकलनलाई प्रभावकारी बनाउन छलफल ।।
काठमान्डौ पुस २४ गते ।
नयाँ संविधानको एकीकृत मस्यौदामाथी आगामी फागुन २३ देखी चैत्र १५ सम्म हुने जनमत संकलनलाइ प्रधावकारी बनाउनेवारे संविधानसभाको जनमत संकलन समितिले आज सरकारका विभिन्न मन्त्रालयसंग छलफल गरेको छ । संविधानसभा सचिवालय सिंहदरवारमा विहान भएको बैठकमा सरकारका मन्त्री र सचिवले जनमत संकलनलाइ प्रभावकारी बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । स्थानिय विकासमन्त्री टोपबहादुर रायमाझीले जिल्ला, नगरपालिका र गाबिससम्म जनमत संकलनलाइ प्रभावकारी बनाउन स्थानिय विकास मन्त्रालयले नेतृत्वदायी भूमिका खेल्ने बताउनुभयो । फागुन सम्ममा स्थानिय विनकायको वैकल्पिक व्यबस्थ ागर्न सकिए जनमत संकलन कार्य प्रभावकारी हुने भन्दै सहमति जुाइनदिन राजनीतिक दलहरुसंग आग्रह गर्नुभयो । परराष्ट मन्त्रालयका सचिव दुर्गाप्रसाद भट्टराइले विदेशमा रहेका नेपालीको सुझाव संकलनकालागि परराष्ट मन्त्रालयले समन्वय गर्ने बताउनुभयो । बैठकमा प्रधानमन्त्री बावुराम भट्टराइ, उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदार, उपप्रधान एवं परराष्टमन्त्री नारायणकाजी श्रेष्ठ, संचारमन्त्री जेपी गुप्तालाइ बोलाइएपनि स्थानिय विकास मन्त्री बाहेक कोही उपस्थित भएनन् । सभासदहरुले संविधान निर्माण प्रक्रियालाइ महत्व नदिएको आरोप लगाएका छन । कांगे्रस सभासद बालकृष्ण खाडले संविधान निर्माणमा सरकारको सहयोग अत्यावश्यक भए पनि प्रधानमन्त्रीले वेवास्ता गरेको आरोप लगाउनुभयो । सभासद प्रेम बहादुर सिंहले सामान्य कार्यक्रम उदघाटनगर्न जाने प्रधानमन्त्रीले संविधान निर्माणको कामलाइ महत्व नदिएको भन्दै खेद व्यक्त गर्नुभयो । जनमत संकलनलाइ राष्टिय पर्वको रुपमा मनाउन सभासदहरुले सरकारलाइ सुझाव दिएका छन । जनमत संकलनमा जादा शान्ति सुरक्षा लगायतको व्यबस्थागर्न संविधानसभाको समितिले प्रधानमन्त्री सहित प्रभावशाली मन्त्रीहरुलाइ बोलाएको थियो ।
१८ दलको बैठक केहिबेरमा ।।
काठमान्डौ पुस २४ गते ।
अबरुद्ध शान्ति प्रक्रियाका बारेमा थप रणनीति बनाउन आज प्रतिपक्षी दलहरु काङ्ग्रेस र एमालेले सत्ता बाहिर रहेका १६ राजनीतिक दलहरुसँग परामर्श गर्ने भएका छन् । अहिले केहिबेरमा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा संविधान निमार्ण र शान्ति प्रक्रियामा देखिएको समस्या र त्यसको समाधानका बारेमा छलफल हुुने एमाले नेता भीम रावलले जानकारी दिनुभयो । उहाँले कात्तिक १५ गते भएको सातबुँदे सहमति,त्यसपछिको ६ बुँदे सहमति र विभिन्न समयमा भएका महत्वपूर्ण निर्णयहरु कार्यान्वनयमा सरकार उदासिन भएकाले आफूहरुको भूमिका बारे छलफल गर्न अरु साना दललाई पनि बोलाइएको जानकारी दिनुभयो । साना दलहरुसँग छलफल गरेर उनिहरुको राय बुझेपछि काङ्ग्रेस र एमालेले प्रमुख सत्तारुढ दल माओवादीसँग छलफल गर्ने जनाएका छन् । यसअघि हिजो दुई पटकसम्म बसेको काङ्ग्रेस र एमालेको बैठकले अहिले शान्ति प्रक्रिया रोकिनुको मुख्य कारक माओवादी भएको निष्कर्ष निकालेका थिए । उनिहरुले विभिन्न समयमा भएका सहमति अुनसार शान्ति प्रक्रिया र संविधान निमार्णका बारेमा गम्भीर बन्न सरकारलाई सुझाव समेत दिएका छन् ।
समुहमा आबद्ध भएपछि अधिकारका बिषयमा सचेत ।।
सन्धुली पुस २४ गते ।
बिभिन्न क्लब तथा समुहमा आबद्ध हुन थालेपछि सिन्धुली जिल्लाका ग्रामीण भेगका महिलाहरु आफ्नो अधिकारका बारेमा सचेत हुन थालेका छन् । ग्रामीण भेगमा सामुदायिक विकास कार्यक्रम सिन्धुली , सिड्स नेपाल, महिला सहकारीलगायत अन्य समुहहरुमा आवद्ध हुन थालेपछि ग्रामिणस्तरका महिलाहरुमा परिवर्तन आएको हो । महिलाहरुले समुहमा आबद्ध हुन थालेपछि मासिक रुपमा केहि पैसा समेत बचत गर्न थालेका छन् । बुढेसकालका लागि केहि पैसा पनि जम्मा हुने र आफुबीच भएका सकारात्मक नकारात्मक कुराका बारेमा पनि छलफल हुने भएकोले परिवर्तन भएको महिला अधिकारमञ्च सिन्धुलीका अध्यक्ष विन्दा ठटालले बताउनुभयो । पहिले पहिले आफ्नो गाँउ ठाँउमा राम्रोसंग बोल्न हिचकिचाउने महिलाहरु समुहमा वस्न थालेपछि बाहिर पनि नडराई कुरा गर्नसक्ने भएको स्थानीहरुले बताएका छन् ।
ट्रकमा च्यापिएर मृत्यु ।।
,बाँके पुस २४ गते ।
ट्रक दुर्घटनामा परी बर्दियामा गएराति एक जनाको ज्यान गएको छ । बर्दियाबाट धान लिएर पुर्वतर्फ आईरहेको ना २ ख ९२६९ नम्वरको ट्रक बर्दियाको बेलुवा गाविसको मानखोला नजिकै पल्टिँदा चालक बच्चुराम चौलागाँईको घटनास्थलमै मृत्यु भएको बर्दिया प्रहरीले जनाएको छ ।
आज थप एक जनाको मृत्यु,मृत्यु हुनेको संख्या ११ पुग्यो,शोकमा बजार वन्द ।।
लमही पुस २४ गते ।
दाङमा हिजो भएको सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । उपचारका क्रममा आज कोहलपुर मेडिकल कलजेमा दाङ सिसहनिया–४ पिपरीका जयमंगल प्रसाद गुप्ताको मृत्यु भएपछि दुर्घटनामा परी मृत्यु हुनेको संख्या ११ पुगेको हो । ६ जनाको घटनास्थलमै, हिजो उपचारका ४ जनाको र आज विहान १ जनाको मृत्यु भएको हो । घटनामापरी घाईते चार जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको छ । यसैबीच सवैलाई शोकमा डुवाउने गरी भएको सवारी दुर्घटना प्रति दुःख ब्यक्त गर्दै आह्वान गरिएको बन्दका कारण लमहीको जनजीवन पुर्णरुपमा ठप्प भएको छ ।
आगलागीबाट ५ लाख वरावरको क्षति ।।
डोटी पुस २४ गते ।
डोटीको काडामाण्डौ गाविस १ का खेम वहादुर साउँदको घरमा आगो लाग्दा ५ लाख वरावरको धनमाल जलेर नष्ट भएको छ । हिजो साँझ करिव साढे सात वजे भएको आगलागिमा साँउदको घरमा भएका सम्पुर्ण सामान जलेर नष्ट भएका छन भने उहाँकी ३ वर्षिया छोरी अमृता साउँद पनि घाइते भएकी सुर्यकिरण उपशाखा काडामाण्डौ का सहसचिव खण्टे साउँदले जानकारी दिनुभयो ।
५० प्रतिशत अनुदानमा कृषकलाई प्याजको बिउ बितरण ।।
लहान पुस २४ गते ।
जिल्ला कृषि विकास कार्यालय सिरहाले किसानहरुलाई ५० प्रतिशत अनुदान छुटमा प्याजको बिउ बितरण गरेको छ । जिल्ला भित्र रहेका १ सयवटा कृषक समुहलाई कार्यालयलाई बिउ बितरण गरिएको जिल्ला कृषि कार्यालय सिरहाको बागबानी अधिकृत ईन्द्रदेव यादवले जानकारी दिनु भएको छ ।
बजारमा ७ सय ५० देखि ८ सय ५० मुल्य पर्ने प्याजको बिउ किसानलाई ब्यावसायिक खेतिका लागि ५०प्रतिशत अनुदान छुटमा बितरण गरेको कार्यालयले जनाएको छ ।
बजारमा ७ सय ५० देखि ८ सय ५० मुल्य पर्ने प्याजको बिउ किसानलाई ब्यावसायिक खेतिका लागि ५०प्रतिशत अनुदान छुटमा बितरण गरेको कार्यालयले जनाएको छ ।
खोटाङ सहित छिमेकी जिल्लाहरुमा लागू भएको सेन्डिकेट प्रणाली हट्यो ।।
,खोटाङ पुस २४ गते ।
खोटाङ सहित छिमेकी ३ जिल्लामा अव देशका जुन सुकै भागबाट बिना सिन्डिकेट समान ढुवानी गर्न पाईने भएको छ । खोटाङ, ओखलढुँगा, उदयपुर र सोलुखुम्बुका यातायात व्यवसायीहरुबीच ओखलढुंगाको हर्कपुरमा भएको छलफलले यि जिल्लामा विना रोक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । सेन्डीकेटका कारण उपभोक्ताहरु मारमा परेको गुनासो आएकाले चारवटै जिल्लाका व्प्यवसायिबिचको छलफलले सिन्डीकेट हटाउने निर्णय गरेको यातायात व्यवसायि संघ खोटाङका अध्यक्ष विदुर लुईटेलले वताउनुभयो । उहाँका अनुसार यात्रुवाहक सवारी साधान सञ्चालनमा भने निर्णय हुन सकेको छैन् ।
खोटाङबजारमा राष्टिय वाणिज्य बैङ्कको शाखा पुनःस्थापना ।।
खोटाङ पुस २४ गते ।
खोटाङको उत्तरी भेगका सेवाग्राहीलाई मध्यनजर गरेर खोटाङबजारमा वाणिज्य बैङ्कको शाखा कार्यलय पुन स्थापना भएको छ । द्धन्दकालमा असुरक्षाको कारण देखाउँदै हटाईएको कार्यलय पुनस्थापना भएको हो ।
साधारण सभा सकियो ।।
ताप्लेजुङ पुस २४ गते ।
माङमायाखोला लघु जलबिद्युतको चौथो साधारणसभा ताप्लेजुङको साघुमा हिजो सम्पन्न भएको छ । चन्द्रमान वनेमको अध्यक्षतामा सम्पन्न सभाले ८ लाख ५० हजार ४ सय ३१ रुपैंयाको कुल आमदानी र ३ लाख ५४ हजार २ सय ५५ रुपैंयाको खर्च बिबरण प्रस्तुत गरेको स्थानीय गणेश प्रसाइले बताउनु भयो । संस्थामा ४ लाख ९६ हजार नगद मौज्दात रहेको छ । ढुङगेसाघु र साघु गाविसका गरी ३ सय ४१ घरधुरीलाई चार बर्षदेखि बिद्युत सेवा प्रबाह गर्दै आएको बिद्युतले आगामी दुई बर्षका लागि वनेमकै अध्यक्षतामा १५ सदस्यिय कार्य समिति गठन गरेको छ ।
कपिलवस्तु सदरमुकामबाट पनि रेडियो प्रसारणमा ।।
कपिलबस्तु पुस २४ गते ।
कपिलवस्तु जिल्ला सदरमुकामबाट पहिलो रेडियो प्रसारणमा आएको छ । अहिलेसम्म जिल्लाका बिभिन्न स्थानहरुमा रेडियो प्रसारणमा आए पनि जिल्ला सदरमुकाममा भने प्रसारणमा आउन सकेको थिएन । शान्ति पर्यटन र समृद्ध राष्ट्र निर्माणको आवाज भन्ने मुल नाराका साथ आफ्नो प्रसारण शुरु गरेको तिलौराकोट सामुदायिक रेडियोले आफ्नो परिक्षण प्रसारण शुरु गरेको हो । युवादुत सामाजिक विकास संस्थाद्धारा संचालित तिलौराकोट सामुदायिक रेडियो १०७.६ मेगाहर्जले सदमुकाम तौलिहवामा हालसम्म पनि रेडियो नभएको अवस्थामा सदरमुकामबाट रेडियो सचांलना ल्याइएको रेडियो प्रशासनले बताएको छ ।
नगरपालिका घोषणाको माग गर्दै गौशाला आज तेस्रो दिन बन्द ।।
गौशाला, महोतरी पुस २४ गते ।
महोत्तरीको प्रमुख व्यापारी केन्द्र गौशालालाई नगरपालिका घोषणाको माग गर्दै स्थानिय राजनीतिक दल, उद्योग वाणिज्य सङ्घ र स्थानियहरुले आज तेस्रो दिन गौशाला बजार फेरी बन्द गराएका छन् । महोत्तरीको प्रमुख व्यपारी केन्द्र गौशालालाई नगरपालिकाहरुको सूचिमा विवादित बनेपछि स्थानिय राजनीति दल तथा स्थानियबासीहरुले टायर बालेर विरोध प्रदर्शन गरीरहेका छन ।सरकारले विभिन्न जिल्लामा ४१ नगरपालिका घोषणा गर्ने भनिए पनि अन्तिम समयमा आएर ३७ लाई मात्र सदर गरेर महोत्तरीको गौशालालाई नगरपालिका घोषणा नगर्ने समाचार सञ्चार माध्यममा आएपछि स्थानिय राजनीतिक दल तथा सर्वसधारण आक्रोशित भएका छन् । आज बिहानैदेखि बजार बन्द गराएर टायर बालेर विरोध गर्दै आएका आक्रोशित स्थानिय हरुले कडा प्रदर्शन गरिरहेका छन् ।
हिउँदे बर्षामा पनि सडक अबरुद्ध यातायात सेवा ठप्प ।।
बैतडी पुस २४ गते ।
बैतडीको दशरथ चन्द नगरपालिका वडा न १ छेलामा गत बर्षादको समयमा गएको पहिरो हिउदे बर्षा सँगै सडकमा बगरे आएपछि यातायात सेवा ठप्प भएको छ । बैतडीको सदरमुकाम तर्फ आउने तथा सदरमुकामबाट जाने यातायातका साधनहरु छेलामै रोकिएका छन् । गत बर्षादको समयमा गएको पहिरोको माटो सडकमा थुप्रिएपछि यातायात सेवा प्रभावित हुन पुगेको हो । यातायात सेवा अबरुद्ध हुदा यात्रुहरु तथा यातायात साधन बिचबाटोमै अलपत्र परेका छन् । बर्षादको समयमा सरोकारवाला निकायहरुले पुर्ण रुपमा पहिरो नियन्त्रमा ल्याउने प्रयास नगरेकाले यो समस्या आएको स्थानियहरुले बताएका छन् । अहिले डोजर लगाएर माटो पन्छयाउने काम भइरहेकोले आज दिउँसोसम्म यातायात सेवा सुचारु हुने जिल्ला प्रहरी कार्याले जनाएको छ ।
सार्दीखोला महोत्सव माघ १ गतेदेखि ।।
पोखरा पुस २४ गते ।
माघ १ गतेदेखि कास्कीको सार्दीखोलामा सार्दीखोला महोत्सब हुनेभएको छ । सार्दीखोला गाबिसको आयोजनामा हुने महोत्सब ३ दिन सम्म चल्नेछ । सार्दीखोला जाऔ, तातोपानीमा नुहाऔ, रेन्बो ट्राउट माछा खाऔ र अर्गानिक तरकारी ल्याऔ भन्ने नारासहित आयोजित महोत्सबमा त्यस क्षेत्रमा उत्पादित रेन्बो ट्राउट माछाका परिकारको साथै स्थानिय स्तरमा उत्पादीत अर्गानिक तरकारीको बिक्री एबं प्रदर्शनी रहने आयोजकले बताएको छ । महोत्सबमा रेन्बो ट्राउट माछाको परिकारहरु तथा अर्गानिक तरकारीका परिकारहरु, स्थानिय उत्पादन लगायतका कृषी जन्य २० वटा स्टल रहने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । सार्दीखोलालाई अर्गानिक तरकारी खेति र रेन्बो ट्राउट माछा पालन, अर्गानिक कफी र कृिषमा आधारित क्षेत्रको रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरम चिनाउन पनि महोत्सवले महत्वपुर्ण भुमिका खेल्ने महोत्सब आयोजक समितिका संयोजक हर्कबहादुर घर्तिले बताउनुभयो । महोत्सवमा २० टन ट्राउट माछा र अर्गानिक तरकारीका स्टलबाट करिब २ करोडको कारोबार हुने र महोत्सब सम्पन्न गर्न ९ लाख खर्च लाग्ने अनुमान गरिएको छ । महोत्सवबाट बचत भएको रकम पोखराबाट १८ किलोमिटर उत्तरमा सार्दीखोला र माछापुच्छ«े गाबिसको सिमानामा रहेको तातो पानी कुण्ड ब्यबस्थापन र त्यस क्षेत्रको भौतिक पुर्बाधार बिकासमा खर्च गरिने महोत्सब प्रचारप्रसार समितिका संयोजक बमबहादुर गुरुङले जानकारी दिनुभयो ।