Responsive Ad Slot

latest

गुरुङ व्याम्बो आर्चरी आजबाट I

Monday, January 2

/ by Admin BHOLA THAPA

काठमाडौ १८ पुस १८ गते ।
गुरुङ व्याम्बो आर्चरी क्लबको आयोजनामा दोश्रो खुला गुरुङ व्याम्बो आर्चरी प्रतियोगिता आजदेखि सुरुहुदै छ ।
छ दिने प्रतियोगिता सुकेधारास्थित आयोजकको हातामा हुने आयोजकका अध्यक्ष कमल गुरुङ्गले जानकारी दिनुभयो ।
पहिलो चार दिन व्यक्तिगत प्रतिस्पर्धा हुनेछ भने अन्तिम दुई दिनका खेल समूहगत प्रतिष्प्रधा हुने छ ।
व्यक्तिगततर्फ हरेकदिन उत्कृष्ट धनुर्धर चयन गरी नगद पुरस्कारबाट पुरस्कृत गरिनेछ ।

त्यस्तै व्यक्तिगततर्फ नै समग्रमा एक वरिष्ठ धनुर्धर घोषित हुनेलाई नगद ३ हजारसहित ट्रफी दिइनेछ ।
समूहगततर्फ पहिलो हुने टिमलाई २१ हजार, दोश्रोलाई १६ हजार र तेश्रोलाई ११ हजार नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट धनुर्धर चुनिनेले नगद २ हजार पुरस्कार जित्नेछ । म्याग्दी मगर समाज साविक विजेता हो ।

Don't Miss
© all rights reserved
made with by netKUTI