Responsive Ad Slot

latest

राजधानीमा सुरक्षा व्यवस्था कडा I

Saturday, January 14

/ by Admin BHOLA THAPA


काठमाडौ पुस ३० गते ।
चिनिया प्रधानमन्त्री वेन जिया वाओको आज नेपाल भ्रमण हुने भएपछि राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ । राजधानीका चोक र गल्हिरुमा हिजोेबेलुकादेखि नै शसस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।

चिनिया प्रधानमन्त्री वेनको भ्रमणको अवसरमा तिब्बती शरणार्थीले विरोध गर्न सक्ने आशंकामा प्रहरीको वाक्लो परिचालन गरिएको हो । सरकारले नेपाली सेना शसस्त्र प्रहरी र नेपाल प्रहरीको समेत गरि तीन घेरामा सुरक्षा व्यवस्था मिलाएको छ ।
सादा पोशाका प्रहरी समेत परिचालन गरिएको प्रहरी श्रोतले जनाएको छ ।

विहान ११ वजे चिनिया विशेष विमानवाट उहाँ त्रिभुवन विमान स्थलमा उत्रने कार्यक्रम छ । प्रधानमन्त्री वेन त्रिभुवन विमान स्थलवाट सिधै सिंहदरवारमा जाने र २ वजे राष्ट्रपतिलाई भेट्न शितन निवास जाने कार्यक्रम छ ।
प्रधानमन्त्री वेनको सवारी हुने त्रिभुवन विमान स्थलदेखी सिंहदरवार र सिंहदरवार देखि राष्ट्रपति निवास सम्मको रुटमा हिजोदेखनै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यसैविच भारतवाट तिब्बती शरणार्थी नेपाल प्रवेश गरेका छन् । वेनको विरोध गर्न सक्ने आशंकामा प्रहरीले ९० जना शरणार्थीलाई पक्राउ गरेको छ । भारतीय बस रिजर्भ गरेर ती शरणार्थी विरगञ्जवाट नेपाल प्रवेश गरेका थिए ।
यसअघि सुरक्षाप्रति आस्वस्थ हुन नसकेपछि गत पुस ५ देखि ७ गते सम्मका लागि तय भएको प्रधानमन्त्री वेनको औपचारिक भ्रमण स्थगित भएको थियो ।

उपप्रधान तथा गृह मन्त्री विजय कुमार गच्छदारले सुरक्षा अंगका प्रमुख सहित चिन पुगेर सुरक्षा व्यवस्था कडा पार्ने विश्वास दिलाउनु भएको थियो । उपप्रधान मन्त्री गच्छदारको चिन भ्रमण पछि चिनिया पक्ष सुरक्षाप्रति आस्वस्थ भएको छ ।


Don't Miss
© all rights reserved
made with by netKUTI