सिन्धुली पुस १९ गते ।
जिल्ला स्वाथ्य कार्यालय सिन्धुलीले यस वर्ष जिल्लामा ६५ जना हात्तिपाइलेका रोगिहरु फेला परेको जनाएको छ । जिल्ला जनस्वाथ्य कार्यालयका अधिकृत विनय मानन्धरले जिल्लाका विभिन्न गाँउ विकास समितिमा ६५ जना हात्तिपाइले रोगका विरामीहरु फेला परेको जानकारी बताउनुभयो । ६५ जना मध्ये ९ जना हात्तिपाइले,५३ जना हाइड्रोसिल र ३ जना हात,स्तन हात्तिपाइले रोगीरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।