Responsive Ad Slot

latest

तेल आजदेखि सहज हुने ग्यासको अभाव भने उस्तै-विद्यार्थी आन्दोलन जारी I

Sunday, January 22

/ by Admin BHOLA THAPA
काठमाडौ माघ ८ गते ।

पेट्रोलियम ब्यावसायीहरुले आयल निगमले तोकेकै मुल्यमा तेल बित्रिगर्न सहमत भएपछि आजबाट पेट्रोल,डिजेल र मट्टितेल केहि सहज रुपमा उपलब्ध हुने भएको छ सरकारले ब्यावसायीहरुका मागलाई सकारात्मक रुपमा लिदै बार्तामा बोलाएपछि ब्यावसायीहरुले तत्काल निगमले तोकेकै मुल्यमा तेल बिक्रिगने निर्णय गरेपछि सहज हुने भएको हो । नेपाल पेट्रलियम डिलर्स एसोसीएसनका अनुसार आजबाट सबै ब्यावसायीले थनकोट डिपोबाट तेल उठाउने छन ।

 तर, खाना पकाउने ग्यासको अभाव भने अझै कायमै रहने बुझिएको छ । ब्यावसायीका अनुसार ग्यास सहज हुन दैनिक ६० बुलेट आयात हुनुपर्छ तर अहिले दैनिक २५ बुलेट पनि आईरहेको छैन । यसैबीच सरकारले गरेको पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गराउन लागि परेका बिभिन्न बिद्यार्थी संगठनहरुले आज पनि देशब्यापी रुपमा आन्दोलन जारी राखेका छन । पटक पटक भएको सरकारसंगको वार्ता पछी पनि आफ्ना माग फिर्ता नहुने भएपछी आक्रोसित भएका विद्यार्थीहरुले बिभिन्न क्याम्पस अगाडी प्रदशन गर्ने नेबिसंघका नेता भुपेन्द्र जंग शाहले जानकारी दिनुभयो । आपुर्ती मन्त्री लेखराज भट्टले कुनै हालतमा मुल्य बृद्धि फिर्ता नलिने दाबी गरेपछि आन्दोलन झन चर्किन थालेको छ ।

आन्दोलनमा जनसहभागिता बढ्दै गएकाले मुल्य बृद्धि फिर्ता नभए सम्म पछाडी नहट्ने निर्णय गरेको विद्यार्थी नेताहरुले जानकारी दिएका छन । बिद्यार्थीसंगठनहरुले हिजो लामो छलफल गरी आफ्ना मागहरु प्रति सरकारले बेवास्ता गरिरहे अन्य बर्गका नागरीकहरुलाई पनि आन्दोलनमा उतार्ने चेतावनी सहितको योजना बनाएका छन । आगामी ११ गते सम्मका लागी आन्दोलनका कार्यक्रमहरु यसअघि नै तय गरिसकेका विद्यार्थी संगठनहरुले आन्दोलनलाई देशव्यापी बनाउन आ आफ्नो संगठनबाट आन्तरिक सर्कुलर गर्ने निर्णय गरेको जानकारी दिएका छन । यसैबिच, इन्धनको मुल्यबृद्धिको बिरोधमा उत्रिएका चितवनका बिद्यार्थि संगठनको आज पनि बिरोधका कार्यक्रमलाई जारी राखेका छन । विद्यार्थीको आन्दोलनका कारण आज चितवनमा भएका सम्पूर्ण राजमार्गमा यातायात अवरुद्ध भएको छ भने क्याम्पसहरुमा पठनपाठन ठप्प भएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI