नारायण सापकोटा
चितबन ,पौष २२ गते ।
दक्षिण एसियाकै नमुना मानिने भरतपुरको केन्द्रिय बस ट्रमिनल ब्यबस्थि रुपमा संचालन हुन नसकेको प्रति स्थानियबासीले चिन्ता ब्यक्त गरेका छन् ।एसियाकै नमुनाको रुपमा बसपार्कलाई लिईएइको भएपनि बसपार्कको उद्धेश्य अनुरुप काम हुन नसकेको भन्दै स्थनिय चिन्तित बनेका हुन् ।
सम्झौता अनुसार काम नभएको भन्दै अहिले स्थानिय बासी केन्द्रिय बसपार्क ब्यबस्थापन दबाब समिती गठन गरेर छलफलमा जुटेका छन् । स्थानियबासीले पूर्ब मेची देखी पश्चिम महाकालि र स्थानिय रुटमा संचालन हुने सबारी साधन सोही बसपार्क बाटै संचालन गराउनु पर्ने माग गरेका छन् । सम्पुर्ण सरकारी कार्यलय भरतपुरमा नै भएको हुदा सबारी साधन छुट्ने र आईपुग्ने अन्तिम स्थान बसपार्क नै हुन पर्नेमा स्थानियबासीले जोड दिएका हुन् ।
जर्मन बिकाश बैंकको ६ करोड ,एसियालि बिकाश बैंकको ४ करोड र अन्य भरतपुर नगरपालिकाको गरी झण्डै ११ करोडको लागतमा २०६३ सालबाट निर्माण सुरु गरीएको बसपार्क २०६६ सालबाट संचालनमा आएको थियो ।यसैबिच आज केन्द्रिय बसपार्क संचालन ब्यबस्थापन समिती संग बसपार्क संचालन संम्बन्धमा छलफल गर्न भन्दै भरतपुर नगरपालिकाका कार्यकारी अधिकृत रामजी बरालले समितीलाई समय दिएर पनि कार्यलयमा उपश्थीत नभएको भन्दै समितीले आपत्ति जनाएको छ ।समिती संयोजक हरी प्रसाद काफ्लेले बसपार्क ब्यबस्थीत गर्न नगरपालिका नै जिम्मेबार नभएको हुदा बराल उपश्थीत भएको आरोप लगाउनु भयो ।
काफ्लेले अबका दिनमा जनतालाई यस्तो प्रकारको खेलबाड नर्गन समेत नगरपालिका संग आग्रह गर्नु भएको छ ।