नारायण सापकोटा
चितबन पुस १७ गते ।
बर्हिगमित जनमुक्ति सेना नेपाल केन्द्रिय समितिले आब्हान गरेको मध्यमाञ्चल बन्दको दिउसो ३ बजेबाट खुलेको छ । काठमाण्डौ बाहेकका जिल्लामा गरीएको बन्दका कारण यहाको जनजीबन प्रभाबित बनेको थियो । दिउसो ३ बजेबाट सवारी साधानहरु निर्बाध रुपमा चितवनमा चल्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बन्दकारीहरु पुल्चोकमा देखिएपनि, अहिले भने कोही पनि उपस्थित नभएको र जिल्लाका सबै क्षेत्रमा सवारी चलेको जिल्ला प्रहरी कार्यालयको दाबी छ । चितवन सहितका छिमेकी जिल्लामा पनि सबारी साधान चल्न थालेका छन् । सरकारले आफ्ना मागहरु प्रति बेवास्ता गरेको भन्दै उनीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । बन्दकर्ताहरु चितवनको नारायणगढ क्षेत्रमा झण्डा र पर्चा सहित उपस्थित भएका थिए ।
बन्दका कारण चितवन र यस आसपासको जनजिवब पुर्ण रुपमा प्रभाबित भएको छ नया बर्षका बेला आब्हान गरिएको बन्दले , नयाबर्ष मनाउन घर बहिर निस्केकाहरु अप्ठ्रोमा परेका छन् भने , बिद्यालय जाने बिद्यार्थिहरु अन्योलमा परेका छन् । पाच वटा बिकास क्षेत्रमा पालैपालो बन्द आब्हान गरेका बर्हिगमित जनसेनाहरुले आज मध्यमाअञ्चल बन्दको आब्हान गरेका हुन ।
यसैबिच बन्द अवेज्ञा गरेको भन्दै चितवनको भरतपुरमा एउटा सवारी साधनमा तोड फोड गरेका छन् । नवलपरासीवाट भरतपुर तर्फ जादैगरेको बा.५च ६४९१ नम्बरको सवारी साधनलाई भरतपुर उकालोमा ४ ÷५ जनाको समुहमा आएका बन्दकर्ताहरुले तोड फोड गरेका हुन । तोडफोडको क्रममा गैडाकोट बस्ने प्रेम सापकोटा घाइते भएका छन् । उनको चितवन अस्पतालमा सामान्य अवस्थामा उपचार भइरहेको छ ।