एजेन्सी पुस २५ गते ।
सिरिया सरकारलाई आम जनतामाथी भईरहेको दमन वन्द गर्नका लागी अरवलिगले पुनः अपलि गरेको छ ।
इजिप्टको राजधानी कायरोमा बसेको बेठकले दमन रोक्न अपलि गरेको हो ।
वैठकमा अरवलिगको मिसनलाई वलियो वनाउन सयुक्त राष्ट्रको विषेशज्ञ सहभागीता गराउने विषयमा छलफल हुने भनिए पनि त्यसमा कुनै कुरा नभएको विविसीले जनएको छ ।
सिरियामा दश महिना देखि जारी हिंसामा ५ हजार भन्दा वढि नागरिक मारिएको सयुक्त राष्ट्रसंघले जनाएको छ ।
पछिल्लो तिन महिनामा सिरियामा भईरहेका हिंसामा एक सय भन्दा वढिको ज्यान गएको र हिसा सम्वन्धी एकिन तथ्यांक आउन नसकिएको अधिकारीहरुको भनाई उदृत गर्दै विविसीले जनाएको छ ।
सिरियामा प्रर्दशनका वेला जनतामाथी भईरहेको दमन रोक्न अरवलिगको पर्यवेक्षक टोली खटिएपनि लगातार जनता माथी आक्रमण जारी छ ।
इरानलाई अमेरिकाको चेतावनी
एजेन्सी, पुस २५ गते ।
अमेरिकाका रक्षा मन्त्री लियोन पनेटाले ईरानले फेरी होरमुजको खाडी बन्द गर्ने कोशीस गरे नराम्रो परिणाम भोग्नु पर्ने चेतावनी दिएका छन् । पनेटाले होरमुजको खाडी बन्द गरिए अमेरिका चुप लागेर नबस्ने बताएका छन् ।
अमेरिकाले तेल निर्यातमा अबरोध गरे उक्त खाडी बन्द गर्ने चेतावनी यस अघि इरानले दिएको थियो । उक्त चेतावनी पछि अमेरिकाका शिर्ष सैनिक अधिकारी ज्वाइन्ट चीफ अफ स्टाफ जनरल मार्टिन डेम्पसीले अमेरिकाले इरानको कदम रोक्न सक्षम भएको बताएका थिए । होरमुज खाडी, अमेरिकामा तेल निर्यात गर्ने मुख्य नाका हो ।