गणेशप्रसाद बञ्जाडे
कतार, २३ पुस : रोजगारीको सिलसिलामा कतारमा पुगेका दाङ–देउखुरीवासीहरुको एक भेला सम्पन्न भएको छ । कतारस्थित मुर्ताजा पार्कमा भएको पहिलो भेलाले गणेशप्रसाद बञ्जाडेको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
कार्यसमितिमा १७ जना, १ जना प्रमुख सल्लाहकार र ३ जना सल्लाहकार पनि चयन गरिएको छ । उपाध्यक्ष नुमकान्त सुवेदी, महासचिव लुमकान्त पुन, सचिव उत्सव न्योपाने, कोषाध्यक्ष सूर्य सुवेदी रहेका छन् । सदस्यहरुमा यामबहादुर डीसी, रनबहादुर केसी, मधु योगी, जीवनलाल सुवेदी, मुक्तबहादुर घर्ती, सत्यबहादुर पुन, यज्ञबहादुर घर्ती, उत्तमप्रसाद भण्डारी, रामप्रसाद बञ्जाडे रहेका छन् । ३ जना सदस्य रिक्त राखिएको र पहिलो बैठकमा पदपूर्ति गर्ने निर्णय गरिएको बताइएको छ ।
त्यसैगरी प्रमुख सल्लाहकारमा अर्जुन खड्का, सल्लाहकारहरुमा कमलमणि गुरागाई, चन्द्रबहादुर नेपाली र पोषण वली रहेका छन् ।