Responsive Ad Slot

latest

कास्की आदर्श सेवा समाजद्धारा कलाकारहरुलाई प्रशंशापत्र र नयाँबर्षको शुभकामना सहित बिदाई ।I

Tuesday, January 3

/ by Admin BHOLA THAPA
रवि रोषी
दोहा-कास्की आदर्श सेवा समाज दोहा कतारले नेपालबाट आएका कलाकारहरुलाई एक बिशेष कार्यक्रमको आयोजना गरी प्रशंशापत्र प्रदान गरी बिदाई गरेको छ । समाजका अध्यक्ष राम प्रसाद गौतमको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा समाजका सल्लाहकार विमल सुवेदीको पनि उपस्थिती रहेको थियो । परिचायत्मक कार्यक्रमबाट प्रारम्भ भएको सो कार्यक्रममा कार्यत्रमका आयोजक हरि पुनलाई कार्यक्रम सम्पन्न गरेकोमा धन्यवाद प्रकट गरेका थिए भने पुनले पनि सो कार्यक्रममा सहयोग गर्ने कास्की आदर्श सेवा समाज तथा अन्य विभिन्न सहयोगी संस्थाहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । सो कार्यक्रममा फेवा साँस्कृतिका परिवारका सल्लाहकार विमल तमु लगायत समाजका विभिन्न व्यक्तिहरुको पनि उपस्थिती रहेको थियो ।
बोल्ने क्रममा गायक बद्रि पंगेनीले दर्शकहरुको माग र मायाले गर्दा आफु अहिले सम्म ९ पटक कतार आउन पाएकोमा सवै आयोजकलाई धन्यवाद दिएका थिए भने यस कार्यक्रम सम्पन्न गर्न अग्रणी भूमिका निर्वाह गर्ने आयोजक हरि पुनलाई विशेष धन्यवाद पनि दिए । सो कार्यक्रममा समाजका सल्लाहकार विमल सुवेदीले कलाकारहरुलाई खादा ओढाउनुको साथै प्रशंशा पत्र प्रदान गरेका थिए ।
Don't Miss
© all rights reserved
made with by netKUTI