काठमाडौ पुस २४ गते ।
अवरुद्ध हुन लागेको शान्ति र संविधानका विषयमा समान धारणा बनाउन संविधान सभामारहेका साना दलको संयुक्त बैठक बस्दै छ । माले संसदिय दलको कार्यालय सिंहदरबारमा ११ बजेपछि बस्ने बैठकमा शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन सरकारलाई दवाव दिने विषयमा छलफल केन्द्रित हुने छ ।
त्यसैगरी सासकिय स्वरुपमा भइरहेको बिबाद समाधानकालागि संविधान सभामा रहेका सबै दलका नेताहरुलाई राखेर संविधान सभामै छलफलकालागि सभाध्यक्ष सुवाष नेम्वाङको ध्यानकर्षण गराउने माले महासचिब सिपि मैनालीले जानकारी दिनभयो ।
उहाँले सासकिय स्वरुप जस्तो गम्भीर विषयमा ठुला तीन दलले आफुहरुलाई वेवास्ता गरेको आरोप लगाउनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिफरिसमा सरकारले हालै विघठन गरेको स्थानिय राजनितिक संयन्त्र संचालनकागि संवैधानिक व्यवस्था गर्नुपर्ने अथवा नयाँ चुनावको मिति घोषणा गर्न माग गर्ने लगाएतका एजेण्डामा छलफलहुने महसचिव मैनालीले बताउनुभयो ।
यसविच माओवादीलाई हेर्ने दृष्टिकोण, शान्तिप्रकृया र संविधान निर्माणका बिषयमा छलफल गर्न प्रतिपक्षी दल कांगे्रस र एमाले सहित १८ दलको संयुक्त वैठक आज वस्ने भएको छ । जारी शान्ति प्रक्रियामा माओवादीलाई वाधक ठह¥याएका कांग्रेस–एमालेले माओवादीलाई हेर्ने साझा दृष्टिकोण वनाउन अन्य १६ दलहरुसंग छलफल गर्न लागेका हुन् । काँग्रेस एमालेसँग छलफलहुने भएपनि समय भने अझै तय भइनसकेको माले महासचिब मैनालीले जानकारी दिनुभो । १८ दलको संयुक्त बैठकले माओबादीसँग हुने निर्णायक बार्ताकालागि एजेण्डापनि तय गर्ने छ ।