काठमाण्डौ, माघ ८ गते ।
संसदको राज्य व्यवस्था समितिले कर्मचारी सरुवाका बिषयमा आज सम्बन्धित पक्षसँग छलफल गर्दैछ । समितिको कार्यकक्ष सिंहदरबारमा बस्ने बैठकमा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त सरुवाको बिवरणमा छलफल हुने छ । यस अघि नियम विपरित सरुवा भएका कर्मचारीको निर्णय र बिवरण माग गरेको समितिले त्यस बिषयमा अध्ययन गर्नेछ । छलफलका लागि समितिले सामान्य प्रशासन मन्त्री र सचिव लगायतलाई बोलाएको छ । कर्मचारी सरुवामा अनियमितता भएको भन्दै गुनासो आएपछि समितिले छलफल चलाएको छ ।