Responsive Ad Slot

latest

सिन्धुलीको वन कार्यालयका कर्मचारीहरुले ३५ प्रतिशत रकम उठाउन थालेको खुलासा I

Saturday, January 21

/ by Admin BHOLA THAPA
सिन्धुली माघ ७ गते । जिल्ला वनका कर्मचारीहरुले प्रत्येक सामुदायिक वन उपभोक्ता समुहबाट काठ विक्रीको आधारमा ३५ प्रतिशत रकम उठाउन थालेको खुलासा भएको छ । आय आर्जनका नाममा सामुदायिक वनबाट रकम उठाउने गरेको तथा वन क्षेत्रको विकास र आयआर्जन भन्दै छुट्टै कोष खडा गरि रकम असुल्ने नयाँ धन्दाको सुरुवात खुलासा भएको हो ।
 जिल्ला वन कार्यालय र विकास फाँटमा कार्यरत कर्मचारिहरुले सामुदायिक वन उपभोक्ता समुहले आन्तरिक खपतको लागि लिलाम प्रकृयाद्धारा काठ विक्री गर्न थालेपछि व्यवसायिहरुसँग प्रति क्युफुट १ सय रुपैयाँ सम्म रकम असुल्ने गरेको खुलासा भइसकेको छ । उता विकास फाँटका कर्मचारी राजेन्द्रप्रसाद जैसवालले भने सामुदायिक वन उपभोक्तासँग कुनैपनि रकम नअसुलेको बताउनुभयो । 

 यस सम्वन्धमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीले वन कार्यालयसंग स्पष्टिकरण माग गरेको छ । यदि यस्तो गैरकानुनी काम वन कार्यालयका कर्मचारीहरुले गरेको सत्य ठहरिए कडा कारवाही गरिने समेत प्रशासन कार्यालयले जनाएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI