नारायण सापकोटा
चितवन,पुस १८ गते ।
स्थानिय बिकास अधिकारी उद्धब तिमिल्सिनालाई आज जिल्ला बिकाश समिती चितबनका कर्मचारीहरुले एक कार्यक्रमका बिच स्वागत गरेका छन् । झण्डै ७ महिना अगाडी जिल्ला बिकाश समिती कानठमाडौं सरुवा हुनु भएका तिमिल्सिना काज सरुवा भएर फेरी चितबन आउनु भएको हो ।
स्वागत कार्यक्रममा तिमिल्सिनाले कार्यलयका कर्मचारी संग सहकार्य गरेर अगाडी बढ्ने बताउनु भएको छ । उहाले चितबन जिल्लामा धेरै बिकाशका काम गर्न बाकंीं रहेका हुदा त्यो कामहरुलाई तदरुपताका साथ अगाडी बढाउने समेत प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
सो अबसरमा जिल्ला बिकाश समिती चितबनका कर्मचारीहरुले नया अधिकारीलाई सहयोग गरेर अगाडी बढ्ने बताएका छन् । उनिहरुले गिटी बालुवा,तरकारी लगायतमा कर लगाउने निर्णय लामो समय सम्म पनि कार्यनयन गर्न नसकिएको भन्दै सो कार्यनयन गर्न पहल गर्नु पर्ने पनि बताएका छन् ।