काठमाडौ माघ ६ गते ।
रुकुमको सिम्लीमा भिरबाट खस्दा गयराति एकजनाको मृत्यु भएको छ । गाविसको वडा नं ४ सहरेका ५५ वर्षीय कुले बोहराको मृत्यु रुकुम प्रहरीले जनाएको छ । घरनजिकैको बाटोमा हिँडिरहेका बोहरा बाटोबाटै खसेको स्थानीय कुलबहादुर बोहराले जानकारी दिएका छन् । बाटोबाट करिब २ सय मिटर तल खसेका बोहराको घटनास्थलमै मृत्यु भएको हो ।
यसैविच गुल्मीमा फोहोर जलाउँदै गर्दा कपडामा आगो सल्किँदा एक महिला गम्भिर घाईते भएकीछन ।
फोहोर जलाउँदै गर्दा आफैले लगाएको साडिमा आगो सल्किएपछि बामी १ पल्टाकी चन्द्रकला सापकोटा गम्भिर घाईते भएकीहुन ।