लक्ष्मी खत्री
गोरखा पुस २७ गते ।
गोरखा नगरपालिकाले आगामी वर्षको लागि योजना निर्माण गर्न वडावाट आएका योजनाका लागि वडा स्तरीय राजनैतिक दलको अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा गोरखा नगरपालिकाको ११ वटै वडाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । गोरखा नगरपालिकाले आर्थिक वर्ष ०६९÷७० को लागि ११ वटै वडाको भेला गरी योजनाहरु निर्माण भैसकेका छन् ।
जस अनुसार गोरखा नगरपालिका वडा नं १ मा ५४ वटा ,ं २ मा १२ वटा ,ं ३ मा १४ वटा ,ं ४ मा ३७ वटा योजनाहरु छनौट गरिएको छ । यस्तै वडा नं ५ मा १६ वटा,ं ६ मा ४२ ,वडां ७ मा २३ वटा , ८ मा १८ वटा योजनाहरु छनौट गरिएको छ । भने वडा नं ९ मा ४३ वटा , १० मा २० वटा र ११ नं वडामा २६ वटा योजनाहरु छनौट भएका छन् ।
गोरखा नगरपालिकाले नगरलाई ४ भागमा विभाजन गरेको छ । जस अनुसार नगरपालिको वडा नं १,२,३ र ६ लाई पर्यटन क्षेत्रमा विकास गर्ने , ४ र ५मा फलफुल क्षेत्रको रुपमा विकास गर्ने ,ं ७ र ८ लाई पशुपालन क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य राखेको छ । यस्तै गोरखा नगरपालिका वडा नं ९,१० र ११ लाई कृषि र उद्योगमा विकास गर्ने लक्ष्य राखेको छ ।
यसै गरि आजा धार्चे मनासलु पर्यटन विकास समिति अन्र्तगत गोरखाको सौरपानी गाविस स्तरिय उपसमिति आज गठन भएको छ । राजाराम श्रेष्ठको अध्यक्षतामा गठन गरिएको ९ सदस्यि समितिका उपाध्यक्षमा दिनेश खवास, सचिव निम प्रसाद ढकाल, कोषाध्यक्ष विष्णु नेपाली रहनु भएको छ ।
समितिका सदस्यहरुमा पदम राना,दिनेश गुरुङ,निरु गुरुङ,भुपाल गुरुङ,जगदिश्वर पनेरु चयन भएको धार्चे मनासलु पर्यटन विकास समिति गोर्खाले जनाएको छ ।