इरानबाट तेल आयात नगर्ने युरोपेली संघका देशबीच सैद्धान्तीक सहमती बनेको छ । ईरानी तेल प्रतिवन्ध लगाउनु भनेको ईरानको परमाणु कार्यक्रमलाई दवाव दिनु रहेको वीवीसीले उल्लेख गरेको छ । आधिकारीक रुपमा यस्को घोषणा भने जनवरी महिनाको अन्तीम समयमा हुन लागेको युरोपेली संघका विदेश मन्त्रीको बैठकले गर्ने जनाईएको छ । अमेरीकाले युरोपियन युनियनको यस कदमको स्वागत गरेको छ । अमेरीकाले हाल ईरानमाथी कयौँ प्रतिवन्ध लगाएको छ । इरानले भने सो प्रतिबन्ध गर्ने धम्कीदेखी नडराउने जनाउदैँ उस्को परमाणु कार्यक्रम शान्तीपुर्ण उद्देश्यका लागी भएको दावी गरेको छ ।