Responsive Ad Slot

latest

जङगली हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु I

Saturday, January 21

/ by Admin BHOLA THAPA
बर्दिय माघ ७ गते । जङ्गली हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणमा परेर गएराती बर्दिया ८ मगरागाडी मर्कटीफाटाका ३२ वर्षीया गिरीराज परियारको ज्यान गएको हो । राति १२ बजेतिर घरमा सुतिरहेको बेला परियारलाई हात्तीले आक्रमण गरेको हो । 

 आक्रमणबाट ज्यान गएपछि नेपाल सरकारको तर्फबाट राहत स्वरुप एक लाख रुपैयाँ र मध्यवर्ति वन व्यवस्थापन समितिको तर्फबाट क्रिया खर्च स्वरुप २५ हजार दिइने बर्दिया राष्ट्रिय निकुञ्जका सहायक सरक्षंण अधिकृत रमेश थापाले बताउनुभयो । बर्दिया निकुञ्ज आसपासका क्षेत्रमा हात्ती लगायत जंगली जनावरको आक्रमण र आतंक रोक्न बारम्बार आग्रह गर्दा पनि बेवास्ता गरिएको स्थानियबासिन्दाले गुनासो गरेका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI