लालबन्दी, सर्लाही पुस २५ गते ।
सर्लाहीको भक्तिपुरमा चिसोले कठ्याङग्रीएर एकदृष्टीविहिन वृद्धाको मृत्यु भएको छ । आज बिहान ६ बजे भक्तीपुर–७ की ४० बर्षियदृष्टीविहिन वृद्धा सुवज्ञा देवि सहनीको मृत्यु हो । आफ्नो भन्ने कोही नभएपछि माइतिगाँउमा एक्लै मागेर गुजारा चलाउँदै आउनुभएकी सहनीको चिसोकै कारण आज बिहानमृत्यु भएको स्थानीय कौशल किशोर महताले जानकारी दिनुभयो ।
विपन्न परिवार भएकैकारण सहनीका दाजुभाइले पनि मद्दत गर्न नसकेको उहाँले बताउनुभयो । केही दिनदेखिबढेको चिसोले तराइको जनजीवन फेरी प्रभावित भैरहेको छ ।