बिकास पाण्डे,
देबघाट तनहु
पुस २९ गते ।
रेडियो देबघाटको गौरबमय प्रथम वार्षिकोत्सब–२०६८ को अबसरमा आज आध्यात्मिक हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ । नेपाली रीति, रिवाज,धर्म र संस्कृतीको जगेर्नाको लागि रेडियो देबघाटले आध्यात्मिक हाजिर जवाफ प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा परमान्द संस्र्कत गुरुकुलम् समुह क प्रथम , महेश संन्याश आश्रम द्धितिय , र तृतिय स्थान श्री वेद वेदाङ्ग समुह ले हात पारेको छ । विजेताहरुलाई रेडियो देबघाट १०२।६ मेगाहर्जको माघ १ गते आयोजित वार्षिकोत्सव समापन समारोहमा पुरस्कार प्रदान गरिने छ ।
रेडियो देवघाटका कार्यकारी निर्देशक श्री नवीनराज पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा बरिष्ठ धार्मिक संचारकर्मी पुरुषोत्तम सापकोटा प्रमुख अतिथी रहन भएको थियो भने कार्यक्रममा रेडियो देवघाट १०२.६ मेगाहर्जका स्टेसन मेनेजर सि पि सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम रेडियो देवघाट १०२.६ मेगाहर्जबाट प्रत्यक्ष प्रसारण भएको थियो । साथै २०६८ माघ १ गते माघे संक्रान्तिका दिन वृहत् भजन, लोकदोहोरीm विविध धार्मिक एवं सांस्कृत महोत्सव–२०६८ समते आयोजना गरिएको छ ।