लोकराज भण्डारी,
स्याङ्जा माघ ११ गते ।
स्याङजा र पाल्पाको संगमस्थल रामनदी धाम राम्दीमा नेपाल सरकारको राष्ट्रिय योजना आयोगको सहयोग र शिव पार्वती वृद्धाश्रम तथा बहुउद्देश्यीय संस्था वालिङको सक्रियतामा कम्मल वितरण गरेपछि वृद्धवृद्धाहरुमा खुशीयाली छाएको छ ।
जाडोको समयमा बृद्धबृद्धाहरुले कम्बल पाएपछि उनीहरुमा रौनक छाएको थियो ।
कम्बल वितरण गर्दै स्थानीय विकास अधिकारी दीघनारायण पौडेलले वृद्धावृद्ध नेपालको अमुल्य सम्पती भएकाले संरक्षण र सम्वोधन गर्नुपर्ने बताउदै रामनदी धाम पवित्र तिर्थस्थल भएकाले त्यस स्थानको विकास निर्माणमा समेत आफुले सक्दो प्रयास गर्ने बताउनुभएको थियो । कार्यक्रममा पाल्पा र स्याङजा दुवै स्थानका १५ पुरुष र ६१ महिला गरि ७६ जनालाई एक एक ओटा कम्बल वितरण गरिएको थियो । संस्थाले राष्ट्रिय योजना आयोगबाट प्राप्त भएको कम्बल वितरण गरेको हो ।