Responsive Ad Slot

latest

नेपाल इन्जीनियर्स एसोसिएसन कतार सेन्टरको पाँचौ बार्षिक साधारण सभा सम्पन्न I

Monday, January 9

/ by Admin BHOLA THAPA



रवि रोषी 
नेपाल इन्जीनियर्स एसोसिएसन कतारसेन्टरको पाँचौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । दोहामा सम्पन्न उक्त पाँचौ साधारणसभा एसोसिएसनका अध्यक्ष अर्जुन प्रसाद भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको विशेष अतिथीहरुमा सेफ्टी अवरनेसका अध्यक्ष तथा इन्जीनियर राधाकृष्ण देव हुनुहुन्थ्यो ।

त्यस्तै गरी अन्य विशेष अतिथीहरुमा थारु कल्याणकारी सभाका अध्यक्ष तथा इन्जीनियर एसोसिएसनका सल्लाहकार इन्जीनियर बिद्यानन्द चौधरी, इन्जीनियर एसोसिएसनका सल्लाहकार इन्जीनियर रविकान्त लाल, नेपाली व्यवशायी संघका अध्यक्ष तथा इन्जीनियर राजीव डंगोल र इन्जीनियर एसोसिएसनका सल्लाहकार प्रदिप झा रहेका थिए ।

कतारको हकमा कतारको विभिन्न निर्माण कम्पनीमा कार्यरत इन्जीनियर लगायत आफ्नै व्यवशायमा आवद्ध इन्जीनियरहरुको हक, हितको संरक्षण र सामाजिक योगदानको साथै समाजप्रतिको सकारात्मक सन्देश सवै माझ बाँड्ने हेतुले गठन गरिएको सो संस्थाले स्थापनाकाल देखि विभिन्न सामाजिक क्षेत्र, तथा नेपालमा पनि समयानुकुल सेवा र सहयोग पु्र्याउँदै आएको संस्था हो । 

मन्तव्यको क्रममा कार्यक्रमका प्रमुख अतिथी सेफ्टी अवरनेसका अध्यक्ष तथा इन्जीनियर राधाकृष्ण देवले कतारमा इन्जीनियरको कार्यशैलीको बारेमा प्रष्ट पार्दै प्रत्यक्ष रुपमा इन्जीनियर साथीहरुले कार्यस्थलमा पुरा समय खटिएर काम गर्नुपर्ने भएको हुनाले निर्माण स्थलमा अरु कामदारहरुलाई सुरक्षा नीति सम्बन्धी कार्यमा पनि सचेतना बाँड्नु सामाजिक दायित्व भएको हुनाले यसमा पनि सवैलाई आफ्नो तर्फबाट भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

मुलुकमा आर्जन गरेको प्राविधिक शिक्षा र बिदेशमा आएपछि तत्कालिन अवस्थामा प्रयोग गर्नुपर्ने व्यवहारीक शीपमा केहि कठिनाई भएपनि पुराना इन्जिनीयर साथीहरुले नयाँ आउने साथीहरुलाई यहाँको बारेमा ब्यवहारिक जानकारी दिनु पनि आफ्नो कर्तव्य हुन आउँछ भन्दै सजगता अपनाउनु पर्ने लगायत आफुले आर्जन गरेका अनुभव नयाँ आगन्तुक इन्जीनियरमाझ विनिमय गर्न अनुरोध गरे । अन्त्यमा स्थापनाकालदेखि इन्जीनियर्स एसोसिएसनले कतारमा रहेका सवै इन्जिनीयरहरुलाई एकाबद्ध गरी एकताको सुत्रमा बाँधिने सुकार्य गरेकोमा धन्यवाद व्यक्त गरेका थिए । 
त्यस्तै गरी अर्का विशेष अतिथी थारु कल्याणकारी सभाका अध्यक्ष तथा इन्जीनियर एसोसिएसनका सल्लाहकार बिद्यानन्द चौधरीले कतारमा गठित इन्जीनियर्स एसोसिएसनले हरेक बर्ष संस्थागत हित तथा सामाजिक हितको लागि नविन अभियानको साथ आउने र सोही अनुरुप आफ्नो भूमिका पनि हरेक कार्यसमितहरुले निभाएको चर्चा गर्दै आगामी समयमा यसलाई अझ


शशक्त शीप र व्यवशायिक संस्थाको रुपमा चिनाउनु पर्ने कुरामा जोड दिए । 
इन्जीनियर एसोसिएसनका सल्लाहकार इन्जीनिर रविकान्त लालले आफु पनि सो एसोसिएनलाई सकारात्मक सोचका साथ अघि बढाउनलाई स्थापनाकाल देखि नै आवद्ध भई पदीय दायित्व निर्वाह गर्दै आएको र आगामी दिनमा पनि हरेक सकारात्मक अभियानमा आफुले समय र सहयोग गर्ने प्रतिबद्धता जनाए । त्यस्तै गरी इन्जीनियर एसोसिएसनका सल्लाहकार तथा इन्जीनियर प्रदीप झाले अब एसोसिएसनलाई अझ प्रभावकारी ढंगबाट अघि बढाएर लैजानको लागि साझा बिचारको मन्थन गरी प्रभावकारी बनाई लैजानुपर्ने कुरामा जोड दिएका थिए । त्यस्तै गरी अर्का बक्ता नेपाल व्यवशायी संघका अध्यक्ष तथा इन्जीनियर राजीव डंगोलले आफु व्यवशायी संघको अध्यक्ष हुनु अघि पनि यस संस्थासंग निकट रहेर काम गरेको हुनाले व्यवशायमा आवद्ध भएका इन्जीनियर साथीहरुले आफुले सञ्चालनमा ल्याएको व्यवशायलाई सुरक्षित र मर्यादित बनाउन सबै साथीहरुमाझ सहकार्य र एकआपसमा सहयोग गर्नुपर्ने बातावरणको पनि सिर्जना गरी अनुकरणीय संस्थाको रुपमा यसलाई सवैमाझ चिनाउनुपर्ने कुरा बताए ।


कार्यक्रमका सभापति इन्जीनियर अर्जुन प्रसाद भट्टराईले एसोसिएसनले अपांगहरुको हितको लागि नेपालमा एक लाख रुपैँया संकलन गरी पठाउने अभियानलाई पुर्णता दिन अझै केहि आर्थिक कसरत पछि लगत्तै नेपाल पठाउने योजना रहेको जानकारी दिँदै मासिक रुपमा डोनेशन बक्सको स्थापना गरी एसोसिएसनको हरेक कार्यक्रममा संकलन गरी सामाजिक क्षेत्रमा केहि योगदान पुर्याउने अवधारणा ल्याएकोले अब त्यस्लाई पूर्णता दिन सवैले उत्तिकै गहन भूमिका निर्वाह गर्नुपर्ने र सो अवधारणालाई आफ्नो दोश्रो कार्यकालमा आफुले सफल पार्ने बताए । त्यसरी राखिएको दान पेटिकालाई १ बर्ष पछि संकलन गरी योजना भन्दा थप संकलन हुन आएमा नेपालको त्यस्तै विपन्न क्षेत्र र संवेदनशील शीर्षकमा सहयोग गरिने कुरा भट्टराईले बताए । 
उक्त कार्यक्रममा ८ बर्ष भन्दा लामो समय सम्म कतारमा इन्जीनियर पेशामा आबद्ध पुराना पेशाकर्मी इन्जीनियरहरुलाई र अविच्छिन्नरुपमा एसोसिएसनलाई सेवा पुर्याउने सदस्यहरुलाई कदरपत्र प्रदान गरिएको थियो ।


दोश्रो सत्रको कार्यक्रम अन्तर्गत पुरानो कार्यसमितीका अध्यक्ष अर्जुन प्रसाद भट्टराईको कार्यकुशलताको कदर गरी दोश्रो कार्यकालको अध्यक्ष पदमा पनि सर्वसम्मतबाट भट्टराईलाई नै चुनिएको छ । त्यस्तै गरी सर्वसम्मतबाट चुनिएका अन्य बाँकी कार्यसमितीहरुमा प्रथम उपाध्यक्षमा इन्जीनियर दिलीप कुमार चौधरी, द्धितिय उपाध्यक्षमा इन्जीनियर श्रवण कुमार झा, महासचिवमा इन्जीनियर इन्द्र राज अधिकारी, सचिवमा ई.संजय साह, कोषाध्यक्षमा ई. यज्ञ प्रसाद तिमिल्सिना रहेका छन् भने सदस्यहरुमा ई. शक्ति सापकोटा, ई. सुरेन्द्र नारायण यादव, ई.नेत्र नारायण चौधरी, ई.मुन्ना प्रसाद दीप, ई.लेलेन्द्र कुमार महतो, ई.राकेश निराला र ई.नविन अधिकारी सहित १३ सदस्यीय नयाँ कार्यसमितीको गठन भएको छ ।
उक्त कार्यक्रमको संचालन र आर्थिक प्रतिवेदन महासचिव इन्द्र राज अधिकारीले पढेर सुनाएका थिए भने सांगठनिक प्रतिवेदन चाहिँ अध्यक्ष आफैँले प्रस्तुत गरेका थिए ।
Don't Miss
© all rights reserved
made with by netKUTI