काठमाडौं, पुस २२ गते ।
सरकारले आज देखि हात्तीपाईले रोग निवारण अभीयान सुरु गर्दै । लामखुट्टेको टोकाईबाट फाईलेरिया परजिविका कारण लाग्ने यो रोग निवारणका लागि मन्त्रालयले पहिलो चरण अन्र्तगत काठमाडौं उपत्यका सहित बिभिन्न २५ जिल्लामा यो अभियान सञ्चालन गरेको हो । जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि लाग्न सक्ने हात्तीपाईले रोग नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अभियान सञ्चालन भएका जिल्लाका प्रत्येक नगरपालिका तथा गाबिसका वडाहरुमा स्वास्थ्यकर्मीहरु खटाई औषधी बितरण गर्ने जनाएको छ ।
हात्तीपाइले रोग फैलनबाट रोक्न, विरामीको संख्यामा कमी ल्याउन र हात्ती पाइले रोगका विरामीहरुलाई दीर्घ रोग, अशक्त र कुरुप हुनबाट बचाउन यो कार्यक्रम संचालन गरिएको मन्त्रालयले जनाएको छ । पहिलो चरणको अभियान आगामी २५ गते सम्म सञ्चालन हुनेछ ।सन् २०२० सम्महात्तीपाइले रोग उन्मूलन गर्ने सरकारी लक्ष्यअन्तर्गत ९ वर्षदेखि भइरहेको हात्तीपाइले रोगविरुद्धको दोस्रो चरण माघ २१ देखि २३ गतेसम्म सञ्चालन हुनेछ ।