सागर श्रेष्ठ/खगेन्द्र अधिकारी, साउदी अरेविया, पौष १८,
तमु धी साउदी अरेवियाले नयाँ बर्ष ल्होसारको अवसर २०११ डिसेम्बर ३० तारिखका दिन साउदी अरेवियाको राजधानी रियादमा शुभकामना आदान प्रदान तथा संस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । तमु धी साउदी अरेविया रियाद क्षेत्रीय समितिको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा तीन जना नेपाली चेलीहरुलाई सम्मानित पनि गरिएको थियो ।
तोकिएको समय भन्दा करिब दुई घण्टा ढिलो गरी शुरु भएको कार्यक्रममा सभापति गणेश गुरुङ्ग प्रमुख अतिथि महामहिम राजदूत उदयराज पाण्डे विशेष अतिथि आदिवासी जनजाती महासंघ साउदी अरेवियाका अध्यक्ष हुम सुनारी मगर लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । तमु धि साउदी अरेवियाका संरक्षक क्याप्टेन कमल गुरुङ्गले अतिथिहरुलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रम खेम गुरुङ्गले संचालन गर्नुभएको थियो ।
स्थानिय कलाकारहरु नागेश तामाङ्ग विज्ञान राई तिलक तमु लगायतले गुरुङ्ग नृत्य तथा गीतका साथै राष्ट्रिय गीत प्रस्तुत गर्दै उपस्थिति दर्शकहरुलाई मनोराजन गराएका थिए । विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रमुख अतिथिको आशनबाट बोल्दै महामहिम राजदूत उदयराज पाण्डेले भन्नु भयो विभिन्न भाषा भाषि र जात जातीहरुले एक आपसमा विरोधको भाव भन्दा पनि सहयोगात्मक भावनाले अगाडी बढ्न सकेमा मात्र वास्तविक गणतन्त्रको उपलब्धी हुने र देशको विविध संस्कृतिक जातिय र भाषिक विकास हुने बताउदै उहाँले अगाडी थप्नुभयो -कोही पनि साउदी अरेवियामा बैदेशिक रोजगारीमा रहनु भएका नेपाली दाजुभाइ दिदीबहिनीहरु कुनै पनि समस्या परेमा जो कसैले पनि राजदूतावासमा खबर गर्न र समस्या समाधानको बाटो रोज्नु पर्ने तर कम्पनीबाट भागेर अवैधानिक नबन्न आग्रह गर्नुभयो । अवैधानिक बनेकाहरुलाई राजदूतावासले सहयोग गर्न थुप्रै कठिनाई हुने र कानुन विपरित हुने कुरा प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रमको मध्यभागमा उपस्थित सम्पूर्ण दर्शक तथा अतिथिहरुलाई सेलरोटी र मासु चिउरा नेपाली परिकारको व्यवस्था गरिएको थियो ।
कार्यक्रमलाई फ्रेण्डी मोबाईले स्पन्सर गरेको थियो साथै उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरुले चण्दापनि दिएको थियो । कार्यक्रमको अन्तिम चरणमा फ्रण्डी मोबाईलको तर्फबाट गिफ्ट उपहारको कार्यक्रमको पनि आयोजना गरिएको थियो साथै तमु धि ले तीज तथा इदको अवसर पारेर आयोजना गरेको संस्कृतिक कार्यक्रममा विशेष योगदान पुर् याउनु हुने महानुभावहरुलाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । तमु धि को हरेक कार्यक्रममा विशेष सहयोग पुर् याउने र सामाजिक क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गर्नुहुने कुमारी सुनारी मगर तुलसी गुरुङ्ग तथा सुकमाया गुरुङ्गलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा साउदी अरब स्थित नेपाली राजदुतको पनि उपस्थिती थियो ।साथमा साउदी अरबमा महिलाको हकमा बोल्दै आउनु भएको समाजसेवी दिदीहरु र तमु धी का अध्यक्ष ।।
आफ्नो गजल वाचन गर्दै अनी आउने जनवरी 27 तारिकको दिन बिश्व नेपाली साहित्य महासंघको कार्यक्रमको निम्तो सुनाउदै बिश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरब अध्यक्ष खगेन्द्र अधिकारी अमृत ।
आउने जनवरी 27 तारिकको दिन बिश्व नेपाली साहित्य महासंघको कार्यक्रमको निम्तो सुनाउदै बिश्व नेपाली साहित्य महासंघका केन्द्रिय सदस्य सागर श्रेष्ठ ।
पी एन एन को रेडियो कार्यक्रमको लागी राजदुतसँगको अन्तर्वाता पश्चात फोटो फिचर