
राज कार्की, दक्षिण कोरिया - परदेशी लाईफ डट कमको पहिलो वार्षिक उत्सव एक समारोहकाबीच किम्हेमा विभिन्न संघ संस्थाका प्रतिनिधिको साथमा नयाँ वर्षको शुभकामना आदान प्रदान समेत गरी मनाइएको छ ।
उक्त कार्यक्रममा उपस्थिती अतिथिहरुले परदेशी लाईफ डट कमको सफलताको कामना गर्दै यसले लिएको एक मात्र दक्षिण कोरियामा नेपाली कामदारहरुले भोग्नु परेको व्यवहारिक कठिनाईहरुमा विशेष जौड दिदै सूचना सम्प्रेषण गरेकोमा आभार एवंम अझ ससक्त रुपमा सम्बोधन गर्नु पर्नेमा जोड दिएका छन ।
सम्प्रेषित समाचारको सत्य तथ्यमा पुर्ण एकिन नभई सम्प्रेषण गर्दा पर्ने सामाजिक एवंम मानसिक असरलाई विशेष जोड दिदैं समाचार सम्प्रेषण गर्नु नै एक सच्चा संचारकर्मीको धर्म हुनेमा विश्वास गर्दै कोरियामा रहेका संचारकर्मीहरुलाई यथार्थमा आधारीत समाचार सम्प्रेषण गर्न परदेशी लाईफका संचालक समिति अध्यक्ष यज्ञ राज सुवेदीले अनुरोध गर्नुभयो । यसैबीच कार्यक्रममा कोरियाका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई संचालक समिति सदस्यमा राखिएको जानकारी दिईएको थियो ।
नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष तथा परदेशी लाईफ डट कमको तर्फबाट प्रवन्ध संचालक खेम कार्कीले परदेशी लाईफ डट कमले अझ स्वतन्त्र रुपमा दक्षिण कोरियाका नेपालीहरुको बीचमा खोजमुलक समाचार प्रस्तुत गर्न जोड दिनुपर्ने बताउनु भयो । पत्रकारहरुलाई अवको दिनमा स्वतन्त्र विचार राख्ने माध्यम बनाई सूचनाको हक र नागरीक स्वतन्त्रताको कुरालाई प्राथमिकता दिन आफै जिम्मेवार भएर पत्रकारहरु लाग्नुपर्ने उहाको भनाई थियो । यसको लागि अनलाईनका पत्रकारहरुलाई स्वतन्त्रता दिईने पनि उहाले बताउनु भयो ।
यसैगरी कार्यक्रममा एनआरएन कोरियाका उपाध्यक्ष मणिक लामा, एनसिसि बुउल्यख्यंगका अध्यक्ष दिपक राज रेग्मी, नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका सह सचिव विरेन्द्र सुनार, एनसिसि ख्यगंसांगनाम्दो कोषाध्यक्ष हरि थपलिया, पत्रकार महासंघ दक्षिण कोरियाका केन्द्रीय सदस्य तेज प्रसाद विमली, एनआरएनका केन्द्रीय सदस्यहरु निर्मल थपलिया र भरत सेढाईले परदेशी लाईफको सफलताको कामना गर्नुभएको थियो ।
यसै बीच परदेशी लाईफ डट कमका मुख्य कार्यकारी अधिकृत मधु राज पाण्डेले परदेशी लाईफ डट कमको १ वर्षको समिक्षा गर्दै आगामी कार्ययोजना सार्वजनिक गर्दै विगतमा भएका कमि कमजोरी एवं पाठक वर्गहरुको सल्लाह अनुरुप आगामी वर्षमा अझ शसक्त, व्यवस्थित र जवाफदेहिता हुदै दक्षिण कोरियामा पहिलो पटक विगत १५ वर्षदेखि वैदेशिक कामदारहरुको समस्या सम्बन्धी गहिरो रुची, अध्ययन एवंम सहि मार्गदर्शन गरी दक्षिण कोरियामा चिर परिचित यज्ञ राज सुवेदीसंग प्रत्यक्ष अनलाईनमा च्याटीङ गर्ने सुविधा समेत रहने एवंम कोरियामा संचालित विभिन्न अनलाईन समाचारहरुको विश्वसनियता एवंम जवाफदेहितामा विशेष सतर्क हुनुपर्ने गाम्भिर्यतालाई मध्यनजर गर्दै आगामी दिनमा यस अनलाईनबाट सम्प्रेषित सामाग्रीमा सत्यता र यथार्थलाई जोड दिदै जिम्मेवारी ढंगले बढ्ने बताउदैं सभापतिको अनुमतिमा कार्यक्रम समापन गर्नुभयो ।