दुई महिना अघि उपत्यका बाहिर केही दिन प्रदर्शन भएर रोकिएको चलचित्र 'सरगम' आज शुक्रबारबाट राजधानीका हलहरुमा प्रदर्शन हुँदै छ।
उपत्यका बाहिर बाट प्रदर्शनमा आएपनि जातिय संगठनले गरेको बन्दको प्रभावले यो चलचित्र २३ दिन मात्र प्रदर्शन हुन पाएको थियो ।
जिआई सर्भिसेस कम्पनीको ब्यानरमा निर्मित चलचित्रको निर्देशन जेडी चक्रवर्तीले गरेका हुन् । चलचित्रका निर्माताहरुमा हेमन्त बुढाथोकी , रमेश शाही ठकुरी , र प्रकाश न्यौपाने छन्।
चलचित्रमा शिव श्रेष्ठ, सञ्चिता लुइँटेल , दिपक राज राणा , तृप्ती नाटकर, हेमन्त बुढाथोकी, सञ्चिता गुरुङ, रमेश मैनाली, लगायतका कलाकारको अभिनय गरेका छन् ।शम्भुजित बास्कोटाको संगीत रहेको सलचित्रमा रामजनकको द्दन्द्द रहेको छ।