Responsive Ad Slot

latest

चितवनबाट प्राप्त केहि समाचारहरु I

Wednesday, January 4

/ by Admin BHOLA THAPA
विभिन्न राजनैनितिक दल संग आबद्ध चितवनका किसान संघले १७ सुत्रिय माग सहित प्रधान मन्त्रिलाई ज्ञापन पत्र वुझाए ।

सुवास लामिछाने
चितवन पुस २० गते ।
विभिन्न राजनैनितिक दल संग आबद्ध चितवनका किसान संघले १७ सुत्रिय माग सहित प्रधान मन्त्रिलाई ज्ञापन पत्र वुझाएका छन् ।अखिल नेपाल किसान महासंघ , अखिल नेपाल किसान महासंघ क्रान्तिकारी, नेपाल किसान संघ र अखिल नेपाल प्रगतिसिल किसान संघ ले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन । भूमिहिन वास्तविक किसान र जोताहा किसानहरुलाई गरीखान पुग्ने गरी जमिनको व्यावस्था गरीनु पर्ने , कृर्षि जन्य सामाग्रिमा पर्याप्त अनुदानको व्यावस्था गरीनु पर्ने लगाएतका माग राख्दौ चितवनका प्रमुख जिल्ला अधिकारी गणेस कुमार कार्कि मार्फत प्रधानमन्त्रि समक्ष उनिहरुले आज ज्ञापन पत्र वुझाएका हुन । ज्ञापन पत्र वुझ्दौ प्रमुख जिल्ला अधिकारी कार्किले यो समस्याम सामाधान केन्द्रिय तवर वाट हुनु पर्ने र यसका लागि आफुले सक्दो पहल गर्ने वताउनु भयो ।


चितवन राष्टिय निकुञ्जको बिचबाट तयार गर्न लागिएको हुलाकी सडकको अबधारणा गलत भएको भन्दै नेपाली कांग्रेस जगतपुर गाउ समिती चितवनले बिरोध ।

सुवास लामिछाने चितवन पुस २० गते ।

चितवन राष्टिय निकुञ्जको बिचबाट तयार गर्न लागिएको हुलाकी सडकको अबधारणा गलत भएको भन्दै नेपाली कांग्रेस जगतपुर गाउ समिती क्षेत्रनम्बर ५ चितवनले बिरोध गरेको छ । आर्थीक बर्ष २०६८÷०६९ को बजेटबाट प्रस्तुत योजना बिपरीत नया नक्सा बनाई तयार गर्न लागिएको सडकले निकुञ्जमा नकारात्मक असर पर्ने भन्दै सो सच्चाउन समेत कांग्रेस जगतपुर गाउ समितीले माग गरेकोे छ । नया नक्सा अनुसार बनाउन लागिएको बाटोले बाक्लो बस्ती र निकुञ्जका बन्य जन्तुलाई समेत असर गर्ने कांग्रेसको ठहर छ । नेपाली कांग्रेस जगतपुर गाउ समिती क्षेत्रनम्बर ५ चितवनले आज एक बिज्ञप्ती जारी गर्दै सो निर्णय तत्काल सच्चाउन माग गरेको छ । साथै बिज्ञप्तीमा सो निर्णय तत्काल खारेज नगरीएका बिरोध स्वरुप बिभिन्न आन्दोलनका कार्यक्रम गरीने जनाएको छ ।

बहिर्गमीत जनमुत्ति सेनाद्धारा गरीने आन्दोलनको कार्यक्रम प्रति माओबादी सम्बद्ध जनबर्गिए ।

सुवास लामिछाने
चितवन पुस २० गते ।
बहिर्गमीत जनमुत्ति सेनाद्धारा गरीने आन्दोलनको कार्यक्रम प्रति माओबादी सम्बद्ध जनबर्गिए संगठनद्धारा समर्थन बहिर्गमीत जनमुत्ति सेनाद्धारा गरीने आन्दोलनको कार्यक्रम प्रति माओबादी सम्बद्ध जनबर्गिए संगठनले आफ्नो समर्थन रहेको जनाएका छन् । माओबादी सम्बद्ध बिभिन्न ६ वटा समितीले उनिहरुको कार्र्यक्रम प्रति एक्यबद्धता जनाएका हुन् । योड्ड कम्युनिष्ट लिग नेपाल जिल्ला समिती चितवनका अध्यक्ष्ँ शसक्त शरण गोले( अभिषेक), अनेरास्वीयु क्रान्तीकारी जिल्ला समिती चितवनका अध्यक्ष रुद्ध्र भट्राई, अखिल नेपाल किसान महासंघ (क्रान्तीकारी जिल्ला समिती चितवका इन्चार्ज भुमिश्वर कडेल, अखिल नेपाल क्रान्तीकारी टेड युनियन महासंघ जिल्ला समन्वय समिती चितवनका अध्यक्ष्ँ सुर्य बराल, नेपाल राष्टिय दलित मुक्ती मोर्चा जिल्ला समिती चितवका अध्यक्ष बाबुराम प्यासी र अनेमसंघ क्रान्तीकारी जिल्ला समिती चितवन का अध्यक्ष साबित्री आचार्यले आज संयुक्त रुपमा हस्ताक्षर गरेको बिज्ञप्तीमा बर्हिगमीत लडाकुको कार्यक्रममा आफ्नो सहमती रहेको उनिहरुले जनाएका छन् । बर्हिगमीत लडाकुले अयोग्यको बिल्ला खारेजको माग सहित समाजमा पुर्नस्थापना हुन पाउने माग गर्दै आफ्नो कार्यक्रम सार्बजनिक गरेका हुन् । साथै आफ्ना मागको तत्काल सम्बोधन गर्न उनिहरुले माग गरेका छन् ।


ग्यास विक्रेता महासंघ नेपाल जिल्ला कार्यसमिति चितवनले आज ग्यासको आपुर्ति सहज ।

सुवास लामिछाने चितवन पुस २० गते ।

ग्यास विक्रेता महासंघ नेपाल जिल्ला कार्यसमिति चितवनले आज ग्यासको आपुर्ति सहज वनाउन माग गर्दौ प्रमुख जिल्ला अधिकारी गणेस कुमार काकि मार्फत प्रधानमन्त्रिलाई ज्ञापन पत्र पेस गरेका छन् । महासंघ का अध्यक्ष विष्णु पौडेल ले ज्ञापन पत्र वुझाउदौ आफुहरुको व्यावसाय वचाउन सहयोग गर्न सवौलाई आग्ह गर्नु भयो । ज्ञापन पत्र वुझ्दौ प्रमुख जिल्ला अधिकारी कार्किले यो समस्या ले सर्वसाधारणलाई प्रत्यक्ष असर पार्ने भएकाले यो समस्यालाई सामाधान गर्नका लागि आफ्नो तर्फ वाट सक्दो सहयोग गर्ने वताउनु भयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI