Responsive Ad Slot

latest

‘चिनियाँ प्रधानमन्त्रीको भ्रमणः द्विपक्षीय दौत्य सम्बन्धमा कोशेढुङ्गा’ I

Saturday, January 14

/ by Admin BHOLA THAPA
सुमन बैरागी
काठमाडौं, ३० पुस ।
चिनियाँ प्रधानमन्त्रीले आफ्ना नेपाली समकक्षीलाई चीन भ्रमणका निम्ति आमन्त्रण गर्नुभएको तथा दुवै पक्षलाई अनुकूल हुने समयमा भ्रमणको मिति कूटनीतिक माध्यमबाट निर्धारण गरिने परराष्ट्रमन्त्रीले बताउनुभयो ।

उत्तर–दक्षिण सम्पर्क सडक निर्माण, विशेष आर्थिक क्षेत्र स्थापना, जलविद्युत्को विकासका लागि सहुलियतपूर्ण ऋण, नेपालको सीमासम्म रेलसेवा विस्तारलगायत विषयमा चिनियाँ पक्ष सकारात्मक रहेको उहाँले उल्लेख गर्नुभयो ।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार हुम्लाको यारी, रसुवाको जिलोङ र कोदारीको झाङमुमा अन्तर्राष्ट्रिय नाका खोल्ने सहमति भएको छ ।

त्यसैगरी द्विपक्षीय व्यापार प्रवद्र्धन, सवारीसाधनको एवम् मानिसकोे आवागमनका लागि सङ्खुवासभाकोे रियु– ओलाङचुङगोला, मुस्ताङ–लिपी नाका शीघ्र सञ्चालन हुनेछ ।

भ्रमणको अन्त्यमा जारी गरिएको ८ बुँदे संयुक्त वक्तव्यमा शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित नेपाल– चीन सम्बन्धलाई अझ प्रगाढ बनाउने, एकअर्काका सार्वभौमिकता, क्षेत्रीय अखण्डता, सामाजिक पद्धति तथा विकासको पथ अवलम्बनमा अहस्तक्षेपको नीति, संयुक्त राष्ट्रसङ्घको बडापत्रप्रति प्रतिबद्धता, चौतर्फी उन्नयनका लागि दुवै मुलुकले विकासका अनुभव तथा प्राविधिक प्रगति आदानप्रदान गर्न सहमति जनाएका छन् ।

दुवै पक्ष उच्चस्तरीय भ्रमण, नेपाल–चीन संयुक्त आर्थिक तथा वाणिज्य समितिको बैठक नियमित गर्ने तथा कूटनीतिक परामर्श संयन्त्रलाई सदुपयोग गर्न सहमत भएका छन् भने समानता र आपसी लाभका आधारमा आर्थिक–सामाजिक विकासका साथै जलविद्युत्, व्यापार, पर्यटन प्रवद्र्धन, यातायातका पूर्वाधारको विकास गर्न राजी भएका छन् ।

माथिल्लो त्रिशुली ३ ए जलविद्युत् परियोजनाको निर्माणका लागि सहुलियतपूर्ण ऋण प्रदान गर्ने तथा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने, नेपालमा चिनियाँ संयुक्त लगानीका प्रतिष्ठान स्थापना गर्नेलगायत द्विपक्षीय हित र चासोका विषयमा सहकार्य गर्न नेपाल र चीनले सहमति जनाएका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI