यहि आउँदो फेब्रुअरी ३ तारिखको दिन चितवन यूवा समूहको दशौँ बार्षिक साधारण सभा दोहाको ढाका रेष्टुरेन्टमा हुने भएको हुनाले उक्त साधारणसभामा उम्मेदवारी दर्ता प्रकृयाको विशेष प्रकृया पुरा गरेर मात्र उम्मेदवारी दिन पाउने जानकारी गराएको छ
।
निर्वाचन समिती संयोजक कमल आचार्यको अनुसार दसौँ साधारण सभाको बन्द सत्र अगाडि उम्मेदवार हुन ईच्छुक कार्यकारिणी सदस्यहरुले नवीकरण गर्न बाँकी रहेको सदस्यता तत्काल नवीकरण गराउनुपर्ने र साधारण सदस्यता लिन इच्छुक नयाँ चितवनेहरुलाइ पनि कार्यकारिणी पदको लागि सदस्यता लिएको लगत्तै कार्यकारीणी सदस्यमा उम्मेदवारी दिन पाउने मार्ग प्रशस्त गरेको कुरा खुलासा गरेका छन् ।
संयोजक आचार्यको ३ सदस्यीय निर्वाचन समितीको निर्णय अनुसार शीर्ष ५ पद ( अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष) पदको लागि साधारण सभा हुनु ३ दिन अगावै संस्थाको आजीवन सदस्यता लिईसकेको हुनुपर्ने र मतदाताको हकमा साधारण सभाको बन्द सत्र सुरु हुनु अगाडि सदस्यता लिईसकेको हुनुपर्ने बताए ।