काठमाडौ माघ १- पेट्रोलियम पदार्थमा भएको मुल्य बृद्धिको विरोधमा युवा तथा विद्यार्थीहरुले आन्दोलन चर्काउदै लगेपछि सरकारले केही सिमित विद्यार्थीहरुलाई छुटको व्यवस्था गर्ने तयारी गरेको छ।
गएराती अवेर सम्म प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको केही मन्त्रीहरु सहितको छलफलमा राहत दिने निर्णय भएको आपुर्तिमन्त्री लेखराज भट्टले नेपालवाणी नेटवर्कलाई जानकारी दिनुभयो ।
उहाले शहरमा बसेर सरकारी क्याम्पसमा पढ्ने विद्यार्थीहरुलाई मट्टीतेल र ग्यासको सिलिण्डरमा छुटदिने निर्णय गर्न लागिएको जानकारी दिनुभयो ।
सरकारले आजै मन्त्रीपरिषदबाट छुटको व्यवस्था गर्न लागेपनि युवा तथा विद्यार्थीहरुले भने आन्दोलन कमजोर बनाउने र झुक्याउने नियत भएको टिप्पणी गरेका छन । एमाले निकट युवा संघका अध्यक्ष महेश बस्नेतले मुल्य बृद्धि पुरै फिर्ता भएपछि मात्रै अन्य राहतका विषयमा छलफल गर्न सकिने स्पष्ट पार्नु भयो ।
नेपालवाणी नेटवर्कको वाणी वहसमा अध्यक्ष बस्नेतले पेटोलियम पदार्थको मुल्य बढाउनै नपर्ने आधारहरु धेरै भएको दावी पनि गर्नु भयो ।
यसैबिच, पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ता लिन माग राख्दै विभिन्न दल सम्बद्ध युवा तथा विद्यार्थिले गरको बन्दले उपत्यकाको जनजिवन प्रभावित भएको छ । बन्दका कारण विहानैदेखी उपत्यकाका तीन जिल्लामा सार्बजनिक सवारी साधन चलेका छैनन भने कल कारखान शिक्षण संस्थापनि पुर्णरुपमा ठप्प छन । बन्दका काराण गाडि नचल्दा सर्बसाधरण हिडेरै गन्त्व्य तर्फ लागेका छन ।
विहान छ बजे देखी सुरु भएको उपत्यका बन्द वेलुका ५ बजे खुल्ने एमाले निकट विद्यार्थि संगठन अनेरास्ववियुका अध्यक्ष माधव ढुंगेलले नेपालवाणी नेटवर्कलाई जानकारी दिनुभयो ।
बाइट
बन्दलाई निस्तेज बनाउन बिहानैबाट राजधानीका मुख्य चोक र गल्लीहरुमा प्रहरीको बाक्लो उपस्थीती छ । यसअघि राजधानीको सुरक्षा व्यवस्थाको जिम्मा नेपाल प्रहरीलाई मात्रै रहेकोमा आजको बन्दलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीपनि परिचालन गरिएको छ । प्रहरीले विहान ५ बजेदेखीनै चौक चौक चेकजाँच गरेका छन ।
यसैविच आन्दोलनमा रहेका युवा तथा विद्यार्थिहरुले गरेको जिल्ला बन्दले पनि त्यहाँको जनजिवन प्रभावित भएको छ । अधिकाम्स जिल्लामा आह्वान गरिएको बन्दले त्यहाँको जनजिवन प्रभावित भएको हो । बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन ।