Responsive Ad Slot

latest

दुर्घटना ३ को मृत्यु I

Monday, January 2

/ by Admin BHOLA THAPA

नवलपरासी, पुस १८ गते ।
पूर्व पश्चिम राज मार्गको नवलपरासी स्थित अरुणखोलामा यात्रुबहाक बसले मोटरसाईकललाई ठक्कर दिदा २ जनाको ज्यान गएको छ । हिजो साँझ बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई रजहर – ७ का कृष्ण थापा र हरि पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नारायणगढ वाट वुटवल तर्फ जादै गरेको बसले मोटर साइकललाई ठक्कर दिएको थियो ।
उता पुर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको वेङ्गाडावरमा गएराति मोटर साइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जनकपुर नगर पालिका एक वस्ने पंकज गामि रहेका छन् । उनी सिन्धुलीबाट नयाँ बर्षको पिक्कनीक खाएर फर्कदै गर्दा दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए ।
Don't Miss
© all rights reserved
made with by netKUTI