रत्ननगर महोत्सब २०६८ मा कृषि क्षेत्रको बाहुल्यता रहने भएको छ । पोल्ट्री ब्यवसायलाई बिशेष प्राथमिकतामा राखिएको महोत्सबमा स्टल र प्रतियोगिताका कारण पनि कृषिमय हुने देखिएको छ । यस पटक पोल्ट्री ब्यवसायका ३५ वटा डेरीका १० वटा कृषि उपजका २५ माछाका ५ र केराका ५ वटा स्टल रहेका छुट्टा छुटै परिषर हुने भएकाले अवलोकन कर्ताले महोत्सबलाई कृषिमय अनुभुति गर्नेछन् । मुलुकको कुल ग्राहस्त उत्पादनमा कृषिको महत्वपुर्ण भुमिका भएकाले यसको ब्यवसायीकता बृद्धिका लागि रत्ननगर महोत्सबमा पनि कृषिलाई बिशेष प्राथमिकता दिने गरिएको आयोजकले जानकारी दिएको छ ।चितवन कृषि उत्पादनका लागि महत्वपुर्ण भएकाले महोत्सबले चितवनको कृषी क्षेत्रलाई अझ परिस्कृत बनाउन सहयोग पुग्ने आयोजकको बिश्वास छ । पोल्ट्री परिसरमा कुखुराका आकर्षक मुर्ति कुखुरा पालिएका आधुनिक खोर र बिशेष प्रकारका स्टलको ब्यवस्था हुने कृषि प्रबर्धन समितिका संयोजक भीम नारायण श्रेष्ठले जानकारी दिनु भयो । पोल्ट्री व्यवसायमा आएको परिर्वतन नयाँ प्रविधि बजार व्यवस्था जनशक्तिको अवस्था सरकारी निती लगायत सम्पुर्णको बिषयमा जानकारी लिने अवसर प्रदान गरिने आयोजकले जानकारी दिएको छ । पोल्ट्री परिसरमा चल्ला उत्पादक कुखुरा पालक दाना उत्पादकका छुट्टा छुट्टै स्टल पोल्ट्री सम्बन्धी सुचना केन्द्रको ब्यवस्था नयाँ प्रविधि तथा उपकरणको प्रदर्शनी कुखुराको सह-उत्पादनको प्रदर्शनी कुखुराको ताजा मासु बिक्रीको ब्यवस्था पनि गरिने छ ।पोल्ट्री ब्यवसायलाई प्रवर्धनकै लागि पाँच सय देखि ३ हजारको संख्यामा लेयस्र कुखुरा पाल्ने कृषकहरु बीचको फर्म स्तरीय प्रतियोगिता पनि गरिदै छ । कुखुरा पाल्दा अपनाईएको सुरक्षा ब्यवस्था खोरको सरसफाईको अवस्था लगायतका आधारमा प्रथम दोस्रो तेस्रो तथा सान्त्वना हुने कृषकलाई क्रमश पाँच तिन दुई र एक हजार नगदले सम्मान गर्ने कृषि प्रबर्धन समितिले जनाएको छ ।