Responsive Ad Slot

latest

जेठा मामा - विवाह र मोवाइल I

Sunday, January 1

/ by Admin BHOLA THAPA


चर्चित ढुंगेल
चर्चित ढुंगेल
मेरो मामाघर झापाको कोहोभरा गाविसको दामुना भन्ने ठाउ“मा छ । दामुना झापाको चर्चित बजार गौरादह र गौरिगञ्जबाट पश्चिमतिर लगभग दस किलोमिटरको दुरीमा पर्छ । मेरा पा“च भाइ मामाहरुमध्ये साइ“ला मामा कतारमै कार्यरत रह“दा बिजुली लागेर बिते । उनी र अरु मामाहरुका बारेमा कुनै अर्को लेखमा लेख्नेछु । आज म यहा“ मेरा जेठा मामाका बारेमा केही स्मरणलाई ताजा बनाउ“दैछु ।

ताप्लेजुङ्गको सावादिनबाट बसाइ“ झरेर मेरा मावली खलक पहिले झापाको दमक र पछि दमकबाट दामुना बस्न पुगेछन् । किशोर वयमै बनारस गएर जवानीमा शास्त्री पास गरेर मेरा जेठा मामा दिल्ली हानिएछन् । दिल्लीको एउटा नेपाली मन्दिरमा उनी भारतिय गुरुका प्रथम सहायक भएर जीवनका बयालिस बसन्त भारतमै बिताएछन् ।

त्यत्रो उमेर भइसक्दा एकपटक पनि बाआमाको दर्शन गर्न नआएका अविवाहित मेरा जेठा मामालाई हरियाणाको पोल्ट्री फारममा कुखुरा स्याहार्ने माइला र काइ“ला मामा अनि दिल्लीमै एक्शन सुज कम्पनिमा सुपरभाइजरका रुपमा कार्यरत मेरा कान्छा मामा महिनैपिच्छे भेट्न जा“दा रहेछन् । हरेक भेटमा माइजु र छोराछोरी लिएर जाने तीनभाइ मामाहरुले जेठा मामाका हृदयमा बाआमा र परिवारिक मायामोह जगाउने निति लिएका रहेछन् । त्यसैअनुरुप हरेक भेटमा अरु मामाहरु जेठा मामालाई घर जाने र विवाह गर्ने सल्लाह दि“दा रहेछन् । एकपटक कान्छा मामाले ‘दाजु † बाआमालाई भेट्न नेपाल नजाने ?’ भनेर सोध्दा जेठा मामाले भने अरे, ‘मा बाप का तो जनम देने का फर्ज है । उन्हो ने जनम दिया, भगवान उन्हे खुस रखे ।
मिलना मिलाना वो सव भगवान के हाथ मे है“ ।’

एकप्रकारले ब्रम्हचार्य धारण गर्न लागेका मेरा जेठा मामा गाउ“कै एक छिमेकीले छोरी दिने खवर अरु मामाहरुले सुनाएकाले लामै विदामा घर आएछन् । केही महिनासम्म दिल्ली नफर्किएपछि मामाका गुरु दिल्ली–काठमाण्डौं–बिराटनगर हु“दै दामुना आएछन् । यसक्रममा उनले धेरै दुःख पाएछन् । त्यो यातायात लगायतको समस्या देखेर आउनजान सजिलोका लागि गुरुले मामालाई काठमाण्डौंमा मन्दिरको पैसाले ‘कोठी’ बनाउने सल्लाह दिएछन् । निष्ठाकर्ममा लागेका मामाले गुरुको त्यो बचन पूरा नगर्ने बताएछन् । त्यसपछि निरास भएर उनका गुरु दिल्ली फर्किएछन् । तर पारिवारिक मोहजालको रस भिज्न थालेपछि मामालाई विवाह गर्ने रहर भित्री मनबाटै पलाएछ । छोरी दिन्छु भनेर भन्ने छिमेकीले अन्तिममा आएर नदिने भएछन् ।

त्यही परिस्थितिमा विवाह नगरी नछोड्ने भएपछि बियालिस बर्षे मेरा मामालाई स्वाउ“दिली माइजु खोज्न सवै आफन्तहरु लगेछन् । केही महिनाको बृहत खोजपछि मोरङ्गको झुर्किया छेउकी पोखरेलकी छोरी मामालाई दिने भएछन् । संयोगले म पनि विदामा काठमाण्डौंबाट घर जा“दा त्यो विवाहमा सहभागी भएको थिए“ । मेरा मामाले बाइस बर्षे माइजुलाई घरमा भिœयाए ।

हजुरबा खुंखार पण्डित भएकाले मेरा पा“चै भाइ मामा कर्मकाण्डसम्म फत्ते गर्न सक्दथे । यसअवधिमा मामाका एक छोरी र एक छोरा हुर्क“दै थिए । हजुरबा हि“डडुल गर्न नसक्ने भएपछि मेरा जेठा मामाले जजमानी गर्दै परिवार पाल्न थाले । परिवारको भरणपोषणका लागि पनि मामाले जजमानी छोड्ने परिस्थिति थिएन । सवैलाई रिझाएर पण्डित्याइ“ गर्नु नै मामाको एकमात्र पेशा थियो ।

सम्पर्कलाई सहज बनाउन मामाले त्यत्तिबेला गाउ“गाउ“मा आएको स्काइ फोन लिएछन् । एकदिन छिमेकमा मोवाइल चार्जमा राखेर जजमानी गर्न गएका मेरा मामाको मोवाइलबाट रिम कार्ड चोरी भएछ । केही महिनासम्म मामाले फोन गर्दा त्यो नम्बरमा फोनै नजाने भएछ । पछि एकदिन फोन गर्दा छिमेककै खडु दहालले उठाएछन् । मामाले खडु हुन् भन्ने थाहा पाएपछि भनेछन्, ‘खडु, तिमी त मान्छे फटाहा रहेछौ नि । अव चोर्न पनि थाल्यौ ?’ राम्रै छवी भएका खडु छक्क परेछन् र बुझ्दा मामाको रिम कार्ड उनले अर्कैबाट किनेका रहेछन् । रिम कार्डको चोरीको खोजबिन गर्ने अघिल्लो दिन संयोगले दिल्लीबाट कान्छा मामा हाम्रो घर आएकाले म पनि मामास“गै दामुना गएको थिए“ । अव लहरो तान्दा पहरो गज्रिने भयो ।

खडु दाहाललाई गौरीगञ्जमा सुन पसल चलाउने पराजुलीका भाइले बेचेका रहेछन् । ति पराजुली कान्छाले पनि गौरीगञ्जको एउटा रिम ब्ल्याकीस“ग लिएका रहेछन् । बेलुका पा“च बजे दामुनाबाट जेठा मामा, कान्छा मामा, पराजुली कान्छा, खडु दाहाल र म गौरीगञ्ज पुगेर सुनारे पराजुलीलाई पनि स“गै लिएर गयौ“ ।

एउटा चिया दोकानेको मुन्द्रो लाएको केटो र उसका बाआमा भेटिए । तिनका छरछिमेकीस“ग सोध्दा ति दोकानेका छोराको कामै यस्तै रिम, सिम किन्ने र बेच्ने रहेछ । हामी पुगेर घटना सुनाएपछि ति केटा त्यहा“बाट फुत्त निस्किएर हि“डे । निकै रातीसम्म बस्दा पनि फर्किएर आएनन् । भोलिपल्ट आएर प्रहरीमा उजुरी दिने सल्लाह गरेर हामी दामुना फर्कियौ“ ।
भोलिपल्ट विहानै जेठा मामा उठेर गाऊ“ चहारेछन् । हामी चिया पिएर तयार हु“दा मामा आइपुगे । पराजुली कान्छा र खडु दाहाल आएपछि जाने कुरो जेठा मामालाई भन्यौ“ ।

गाउ“का धेरैले मामालाई ‘रिम पाइहाल्नु भो, अव कुरो अघि नबढाउनु’ भन्ने सल्लाह दिएछन् र मामाले नजाने निष्कर्ष सुनाए । बुझ्दै जा“दा त ति सल्लाहकार त तिनै गौरीगञ्जका ब्ल्याकीका आफन्त रहेछन् । अघिल्लो दिन खडु दहाल र पराजुली कान्छासम्मलाई चोरको आरोप लागेको र भोलिपल्ट त्यसको पूर्ण छानविन नै नगर्ने कुरो सुनेर कान्छा मामा र म छक्क प¥यौ“ । यो कुरा सहन नसकेर कान्छा मामा र म रतुवा खोलापारी दाम्राभिट्टामा रहेका माइला मामाका घरतिर लाग्यौ“ । अझैसम्म थाहा छैन, मामाको रिम चोर्ने असली चोर को हो ।

हाल दोहा कतार
Don't Miss
© all rights reserved
made with by netKUTI