नवलपरासी पुस २९ गते ।
चितवन रत्ननगरको प्रस्तावित क्षेत्रिय रंगशाला निमाणर््ा स्थल टिकौलि मैदानमा जारी चितवनको गौरव र गरिमामय प्रस्तुति रत्ननगर महोत्सव तथा मध्यमाञ्चल क्षेत्रिय औधोगिक व्यापार मेला–२०६८ आज पनि विविध सांस्कृतिक कार्यक्रम हुदैछन् ।
चितवनको समग्र आर्थीक, समाजिक, सांस्कृतिक, र पर्यटन विकाशका लागी चितवनको गौरव र गरिमामय प्रस्तुति रत्ननगर महोत्सव छैटौ पटक आयोजना गरिएको हो । यसैबीच उद्योग वाणिज्य संघ चितवनले आज स्वर्ण महोत्सव मनाउदैछ ।
२०१६ सालमा स्थापना भएको संघले २ वर्ष अघि नै ५० वर्ष पूरा गरेपनि यसपाली मात्र स्वर्ण महोत्सव मनाउन लागिएको हो । २०६६ सालमा स्वर्ण महोत्सवको सबै तयारी पूरा गरिए पनि राजनीतिक प्रतिकूलताका कारण अन्तिम समयमा स्थगित भएको थियो ।