Responsive Ad Slot

latest

नाईजेरियाको उत्तरी सहर कानोमा भएको बम विस्फोटमा परि दुई नेपालीको मृत्यु I

Monday, January 23

/ by Admin BHOLA THAPA
नाइजेरिया, माघ ९,

 नाईजेरियाको उत्तरी सहर कानोमा भएको बम विस्फोटमा परि दुई नेपालीको मृत्यु भएको एनआरएनए नाईजेरियाका सल्लाहकार हिक्मत थापाले जानकारी दिएका छन ।
नाईजेरियामा बोको हरम भनिने मुस्लिम अतिबादीहरुले गराएको सो बम विस्फोटमा परी स्याङजा वालिङका हरिप्रसाद भुषाल र रुपन्देही बुटवलका राजसिंहको मृत्यु भएको हो । सल्लाहकार हिक्मत थापाका अनुसार एनआरएनए नाईजेरिया, उनीहरुले काम गर्ने कम्पनीको मालिकसँग लास नेपाल पठाउने बारेमा पहल गरिरहेको छ । सल्लाहकार हिक्मत थापा भन्नुहुन्छ “हामी सम्पुर्ण नाईजेरियाका एनआरनए परिवारहरु हाम्रा होनहार र मिलनसार दुई नेपाली साथीहरु गुमाउनु परेकोमा शोकमा डुबेका छौं । उहाँहरुको परिवारलाई पनि धर्यधारण गरेर शोकलाई शक्तिमा बदल्नुहुन अनुरोध गर्दछौं ।” स्मरण रहोस सनिबार भएको सो बम विस्फोटमा उनीहरु हराईरहेको एनआरएनए नाईजेरियाले जानकारी दिएको थियो । साभार:सोलु अनलाईन
Don't Miss
© all rights reserved
made with by netKUTI