Responsive Ad Slot

latest

प्रदेसी पिडा - स्वदेशी सम्झना I

Wednesday, January 25

/ by Admin BHOLA THAPA
 सकिन खप्न मैले तिम्रो त्यो पर्खाईका यी रातहरु !
मुटुनै कमाउने जाडो याँहा कता -कता खोजि रहेछु तिम्रो साथहरु !!

मन त् थियो नछोड्ने साथ समयले टुटाई दियो !
जवानी मेरो यसै बित्यो मरुभुमिले लुटी दियो !!

समयको चक्रले बनाई दियो नया खेल !
एक्लो भै बाँच्नु पर्ने यो कस्तो प्रदेशी जेल !!

कोशिस त् मेरो उम्कने थियो छोडेन कहिले यो जेलले !
दुइ आत्माको मिठो मिलन छुटाई दियो पैसाको खेलले !!


रहेछ ठुलो पैसा अनि सुख छ पैसामा !
बिताई रहेछु प्रदेशी जीवन बिर्सी दू:ख   यसैमा !!

सोचेका थिए मनमनै केहि गर्छु भनि स्वदेशमा !
समय र परिस्थितिले लतारी दियो दू:खिको भेषमा !! 

यो मेरो जुनी यसै नै बित्यो खजुरको झाडीमा !
जिन्दगी मेरो त्येतिकै भयो यो कतारको खाडीमा !!

झल्कनो आउछ सधैनै मलाई त्यो प्यारो गाउ घर !
मनको ईच्छा मनमै रह्यो मर्ने भो रहर !!

खै कसरि पोखाऊ र देखाऊ यो अन्तर पिडा घाऊ !
सारा जीवन यसै बित्यो भन म कांह जाँउ !!
***********************************************************
चन्द्र ब. गुरुङ 
दाउन्ने देवी - २ सुर्यानगर , नवलपरासी 
हाल - मनाई . दोहा - कतार 
Don't Miss
© all rights reserved
made with by netKUTI