Responsive Ad Slot

latest

विश्वविद्यालय स्थापनाको माग गर्दै आज पनि नेपालगन्ज भन्सार ठप्प I

Tuesday, January 3

/ by Admin BHOLA THAPA

नेपालगञ्ज
पुस १९ गते ।
नेपालगन्ज विश्वविद्यालय स्थापनाको माग गर्दै आन्दोलित संर्घष समितिले आज पनि नेपालगन्ज भन्सार नाका ठप्प पारेका छन् । नेपालगन्ज विश्वविद्यालय स्थापना तयारी तथा संघर्ष समितिको अगुवाईमा आइतबारदेखि भन्सार नाका ठप्प पार्दै राजश्व संकलन गर्न बन्द गरिएको हो । संसदमा दर्ता भएको नेपालगन्ज विश्वविद्यालय विधेयक सरकारले पारित नगरी आलटाल गरेको भन्दै समितिले दवाव स्वरुप आन्दोलन गर्दै आएको छ । आन्दोलनको कार्यक्रम अन्तर्गत आज नेपाली काङग्रेसको अगुवाइमा भन्सार कार्यालय ठप्प पारिएको छ । भोलि माओवादीको अगुवाइमा र हिजो एमालेको अगुवाइमा भन्सार कार्यालय ठप्प पारिएको थियो । विभीन्न चरणको आन्दोलन गरिसकेका बाँकेबासीले आज तेस्रो दिन पनि नेपालगञ्ज भन्सार ठप्प पारी राजश्व असुली रोकिरहेका छन् । दैनिक एक करोडको राजश्व सकंलन हुने नेपालगञ्ज भन्सार टप्प पारिदा राज्य कोषमा ठुलो नोक्सानी भएको छ । यसैबीच, आन्दोलन चर्किँदै जाँदा सरकारले शिक्षा मन्त्रालयका सहसचिव अर्जुनबहादुर भण्डारीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । सरकारले वार्ता टोली गठन गरेपछि आन्दोलनका विषयमा छलफल हिजो जिल्ला प्रशासन कार्यालय बाँकेमा दुई पक्षबीच भएको छलफल बिना निष्कष सकिएको छ ।


Don't Miss
© all rights reserved
made with by netKUTI