नारायण सापकोटा
चितवन पुस १८ गते ।
उर्जा मन्त्रि पोष्टबहादुर बोगटीले देशमा विद्युत संकटलाई कमि गर्न डिजेल प्लान्ट पनि एउटा विकल्प भएको बताउनुभएको छ । तत्काल लोडसेडिङ कमि गर्ने एउटा विकल्प
भारतबाट खरिद अर्को विद्युत चोरी नियन्त्रण र अन्तिम विकल्प डिजेल प्लान्ट भएकोले यसलाई सबै क्षेत्रबाट सहयोग भएमा केहि हदसम्म विद्युत आपुर्ति सहज हुने बताउनुभएको छ ।
हाल देश भर १ हजार ५० मेगावाट विद्युत माग रहेको र देशमा उत्पादन भने ७ सय ५० मेगावाट मात्र रहेकोले थप विद्युत आयोजना निर्माण नहुने भने देशमा हरेक वर्ष विद्युत संकट बढ्दै जाने बताउनुभयो ।उर्जा मन्त्रि बोगटीले आज नेपाल विद्युत प्राधिकरणद्धारा आयोजित हेटौंडा भरतपुर २२० के.भि. प्रसारण लाइनको चितवनको जुटपानीमा सिलन्यास गर्दै सो कुरा बतउनुभएको हो ।
मन्त्रि बोगटीले प्राधिकरणको तथ्याङक अनुसार यस वर्ष दैनिक १८ घण्टा सम्म लोडसेडिङ हुने र यही अवस्था रहि रहे आगामी वर्ष २१ घण्टासम्म पनि लोडसेडिङ हुनसक्ने भएकोले तत्कालको लागि थर्मल प्लान्ट र दिर्घकालका लागि ठुला आयोजनाहरुको विकल्प नरहेको बताउनुभयो ।
सोहि अवसरमा उहाँले सरकार शान्तिर संविधान निर्माणमा प्रतिवद्ध रहेको बताउदै एकिकृत माओवादीका नेता समेत रहनु भएका बोगटीले पार्टि भित्रको अन्तरद्धन्द भन्दा पनि पार्टीको निर्णयलाई मान्दै लोकतान्त्रिक अभ्यासमा लाग्न सवैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा उर्जा सचिव बालानन्द पौडेल, प्रशारण लाइन आयोजना प्रमुख फडिन्द्रराज जोसि, नेपाल विद्युत प्राधिकरणका कार्यृकारी प्रमुख रामेश्वर यादव लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
हेटौडा दखि भरतपुरसम्म ७५ कि.मि. लम्बाई रहेको सो प्रशारण लाइन सन् २०१२सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । विश्व वैंकको आर्थिक सहयोगमा सो प्रशारण लाइन निर्माणसम्म पश्चात देशमा उत्पादित विद्युत पुर्व पश्चिम लैजान सहज हुनेछ ।
सो सिलन्यास पश्चात मन्त्रि बोगटीले एकिकृत माओवादीका आफ्ना कार्यकर्ताहरुलाई पुर्वि चितवनको जुटपानीमा भेटघाट गर्दै पार्टी लोकतान्त्रिक प्रक्रियाले अगाडी बढेकोले कार्यकर्ताहरु पनि लाकतान्त्रिक अभ्यासका साथ अगाडी वढ्न आग्रह गर्नुभएको थियो ।