Responsive Ad Slot

latest

सर्लाहीका मगर समुदाय सामुहिक रुपमा माघी पर्व मनाउने तयारीमा I

Sunday, January 8

/ by Admin BHOLA THAPA

सर्लाही, हरिवन पुस २४ गते ।
सर्लाहीका मगर समुदायले माघ १ गते पर्ने माघी पर्वलाई सामुहिक रुपमा मनाउने तयारी गरेका छन् । आज हरिवनमा बसेको नेपाल मगर संघको सर्लाही जिल्ला कमिटीको बैठकले जिल्लाभरको मगर समुदायलाई भेला गराई आफ्नो भाषा, संस्कृतिको संरक्षण गर्ने किसिमले माघी पर्व मनाउने निर्णय गरेको हो ।

माघ १ गतेबाटै लालबन्दीमा शुरु हुने सर्लाही महोत्सवलाई समेत लक्ष्य गरेर महोत्सव स्थलमै आफ्नो समुदायको भाषा, संस्कृति झल्कने नाचगान गर्दै तथा परम्परा अनुसारको मिष्ठान्न परिकारहरु खाँदै माघी पर्व मनाउने निर्णय गरिएको संघका जिल्ला सचिव तेजनारायण आले मगरले जानकारी दिनुभयो । सर्लाहीमा करिब दुई लाखको हाराहारीमा मगर समुदायको जनसंख्या रहेको मगर संघले जनाएको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI