Responsive Ad Slot

latest

४८ घण्टादेखि चितवनका बिभिन्न क्षेत्र अन्धकार I

Thursday, January 12

/ by Admin BHOLA THAPA

नारायण सापकोटा
चितबन, पुस २८ गते ।
पावर ट्रान्सफरमरमा समस्या देखिएका कारण भरतपुरनगर क्षेत्रमा मंलबार सांझ देखि अवरुद्ध रहेको विद्युत सेवा आज दिउ“सो सम्म बिद्युत आउने सम्भावना रहेको बिद्युत प्राधिकरणले जनाएको छ ।भरतपुर वितरण शाखा अन्तर्गतको शव स्टेशनमा राखिएको दुईवटा ट्रान्सफर्मर जलेपछि ४८ घण्टादेखि चितवनको सदरमुकाम भरतपुर अन्धकार भएको हो ।

मेडिकल सिटीको रुपमा विकास भैरहेको भरतपुरको अति संवेदनशिल क्षेत्र अस्पतालहरुमा भने चनौली शव स्टेशनवाट बुधबार दिउसोबाट विद्युत सुचारु गरिएको छ । अन्य क्षेत्रमा विद्युत पठाउने प्रयास जारी रहेको विद्युत प्राधिकरण भरतपुर शाखाका प्रमुख उमेशकुमार झाले जानकारी दिनुभयो । पावर ट्रान्सफर्मर बनाउन निकै समय र निकै खर्च लाग्ने भएकोले बैकल्पीक व्यवस्था गरिरहेको उहाले जानकारी दिनुभयो । आवाज
जलेको ट्रान्सर्फमर बनाउन तत्काल सम्भावना नरहेकोले अन्य कुनै जिल्लामा खालि छ भने ल्याएर जडान गरिने छ । तत्कालका लागि देखिएको समस्या समाधानका लागि हेटौडावाट १० एमभीको ट्रान्सफर्मर प्राधिकरणले मगाएको छ । निकै मेहनतका साथ काम गरिरहेको सब स्टेशन हेटौ“डाका प्रमुख दिर्घायुकुमार श्रेष्ठले बताउनुभयो ।

आज दिउसो देखि निश्चित स्थानहरुमा विद्युत आउने प्राधिकरणले जनाएको छ । ट्रान्सफरमरमा आएको खराबीका कारण चितवनका ७ बटा फिडर मध्ये चनौली र पर्सा बाहेकका अन्य ५ बटा फिडरमा बिद्युत्त सेबा अबरुद्ध भएको छ । उर्जा संकट थपिरहेको समयमा एक्कासी बिद्युत सेबा अबरुद्ध हुदा बिभिन्न सेबा लिन अस्पाताल पुगेका सेबाग्राहि समेत प्रभाबित भएका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI