काठमाडौ पुस १७ गते ।
पर्यटन र आर्थिक सम्बन्धी दुईवटा बार्षिक कार्यक्रम आज बाट सुरु हुने भएको छ । मुलुकको पर्यटन र र बिकासलाई संग संगै अगाडी बढाउने निती लिएको सरकाले लुुम्बिनी भ्रमण बर्ष २०१२ र लगानी बर्ष २०१२–१३ आज बाट सुरु गर्न लागेको हो । सरकारले लुम्बिनीको बिकाशका लागी सहयोग जुटाउन माओवादी अध्यक्ष प्रचण्डको संयोजकत्वमा बृहत लुम्बिनी बिकाश राष्ट्रिय निर्देशक समिति समेत गठन गरेको छ । यस्तै अन्तराष्ट्रिय लगानी भित्राउन सरकारर्ले अन्तराष्ट्रिय लगानी बर्षको रुपमा घोषणा गरेको हो ।
लगानी बर्ष घोषणा भएपछि नेपालमा लगानी गर्न चाहने बिदेशी लगानीकर्तालाई बिभिन्न सहुलियत दिइने र बोर्डमार्फत काम अघि बढाइने भएकाले अलमल र ढिलासुस्ती नहुने सरकारको बुझाई छ । प्रधानमन्त्री अध्यक्ष रहने बोर्डमा मन्त्री, निजी क्षेत्रका प्रतिनिधि र बिभिन्न सरकारी निकायमा अधिकारीहरु सदस्य रहेका छन् ।