डडेल्धुरा पुस २४ गते ।
विगत दुई सातादेखी खाना बनाउने ग्याँसको आपूर्ती हुन नसकेपछि डडेल्धुराका होटेलहरु बन्द हुने अवस्थामा पूगेका छन् । दुई सातादेखी ग्याँस सिलिण्डर नपाएपछि डडेल्धुरा सदरमुकाम र आसपासका होटेलहरु बन्द हुने अवस्थामा पुगेका हुन् ।
ग्याँसको आपूर्ती १५ दिनदेखी गर्न नसएिको स्थानीय अधिकृत बिक्रेताहरुले बताएका छन् । ग्याँस नपाएकै कारण होटेल बन्द गर्नुपर्ने एवं ग्राहकहरुलाई फिर्ता पठाउनुपर्ने संकट सिर्जना भएको होटेल ब्यबसायीहरुको गुनासो छ ।
दर्जन भन्दा बढी सुबिधा सम्पन्न होटेल रहेको डडेल्धुरामा ग्यास अभावकै कारण खान बस्न समस्या सिर्जना हुन थालेपछि सेवाग्राहीहरु मर्कामा परेका छन् । डेल्धुराका होटेल ब्यवसायीहरु संगै डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लाका सर्वसाधारणहरु समेत समस्यामा परेका छन् ।