काठमाण्डौ, माघ ८ गते ।
प्रमुख विपक्षी दलहरुको अबरोधका कारण चल्न नसकेको व्यवस्थापिका संसदको बैठक आजपनि बस्ने भएको छ । आजको बैठकमा प्रधानन्त्री डा बाबुराम भट्टराईले सम्बोधन गर्ने तयारी गरेको प्रधानन्त्रीको नीजि सचिवालयले जनाएको छ । २ दिनअघि सभामुख सुवास नेम्वाङसँगको भेटमा प्रधानन्त्री भट्टराईले आजदेखि संसद बैठक सुचारु गराउने आश्वासन दिनु भएको थियो । यद्यपि सरकारको जनसत्तालाई मान्यता दिने निर्णय फिर्ता नहुँदा सम्म सदन चल्न नदिने कांग्रेस, एमाले लगायतका साना दलले जनाएका छन् । उनीहरुले जनसत्तालाई कानूनी मान्यता दिने निर्णय फिर्ता गर्नै पर्ने माग राखेका छन् । बैठक दिउसो १ बजे बस्ने छ ।